जीपी कोइराला श्वासप्रश्वास केन्द्रलाई हजार शय्याको बनाउन राष्ट्रपतिको पहल

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको विशेष आग्रह र पहलमा दुई देशका प्रधानमन्त्रीबिच भएको समझदारी अनुसार भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानका रुपमा निर्माण गर्ने चासो देखाएको छ । भारत सरकारले उपचार सेवाका लागि हाल बनाउन लागेको तीन सय शैय्याको डीपीआर तयार भएकोमा सो अपुग भएकाले हजार शैय्याकै बनाइदिन राष्ट्रपति पौडेलले आग्रह गरेपछि भारतीय पक्षले उक्त चरणको अस्पताल निर्माण भइसकेपछि हजार शैय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

राष्ट्रपति पौडेलसँग शुक्रबार भएको एक भेटमा नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले सो प्रतिवद्धता व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । सहरी आवास तथा भवन निर्माण विभागले तीन सय शैय्याको डीपीआर सम्बन्धी संरचना तयार गरी सो अनुसारको निर्माण कार्यलाई अघि बढाउने बारेमा पहल भएकोमा त्यसलाई हजार शैयाको बनाउनेबारेमा राष्ट्रपति पौडेलले विशेष चासो राख्दै आउनुभएको बताइएको छ । पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सो केन्द्र स्थापना भएको हो । सो केन्द्रलाई देशकै एक विशिष्ट अस्पतालका रुपमा तथा चिकित्सा शिक्षण प्रतिष्ठानका रुपमा विकास गरिने लक्ष्य समेत अघि बढाइएको छ ।

ताजा समाचार

डब्लुएफपीले म्यान्मामा खाद्य सहायता कटौती गर्ने

काठमाडौँ । ‘महत्त्वपूर्ण कोषको कमी’ को कारणले म्यान्माका १० लाखभन्दा बढी मानिस अप्रिलदेखि खाद्य...

भारतीय अन्तरिक्ष मिसन स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिसनअन्तर्गत दुई वटा...

एसइईमा ४ जिपिए ल्याउनेलाई बारपाक सुलीकोटले एक लाख दिने

काठमाडौँ । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पालिका...

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई...