अनावश्यक खर्च बढाएको आरोप

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका प्रतिपक्षी दलहरूले लगाएका छन् । विभिन्न व्यक्तिलाई राजनीतिक सल्लाहकार राखेर र प्रदेश नीति तथा योजना आयोगको सदस्य सङ्ख्या बढाएर सरकारले अनावश्यक खर्च वृद्धि गरेको प्रतिपक्षी दलको आरोप छ । यही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्रले प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् ।

मङ्गलबार बोलाइएको प्रदेश सभा बैठकमा प्रदेश सरकारले अनावश्यक खर्च वृद्धि गरेको भन्दै प्रतिपक्षी दलले विरोध जनाएपछि बैठक अर्को सूचना जारी नहुन्जेलसम्म स्थगित गरिएको छ । प्रतिपक्षी दलले उठेर विरोध जनाएकाले बैठक सुचारु हुन नसक्ने भन्दै सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको बैठक स्थगित गर्नुभयो । साथै उहाँले बैठकको कार्यसूचीमा रहेका विषय पनि हटाउनुभएको छ । प्रदेश सभामा बोल्दै पूर्वआर्थिक मामिलामन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य नरेशकुमार शाहीले अनावश्यक शीर्षकको खर्च कतौटी गर्न र राजनीतिक सल्लाहकार हटाउन सभामुखमार्फत प्रदेश सरकारलाई आग्रह गर्नुभयो । उहाँले यस विषयमा गम्भीर बन्नका लागि प्रदेश सरकारलाई रुलिङ गर्नसमेत सभामुख भण्डारीलाई आग्रह गर्नुभयो । प्रदेश गरिबी, बेरोजगारीलगायत विभिन्न खाले समस्याको चपेटामा रहेकाले अनावश्यक खर्च कतौटी गर्नुपर्नेमा प्रदेश सरकारले विभिन्न नाममा अनवाश्यक शीर्षकमा खर्च बढाएको उहाँको भनाइ छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...