अनावश्यक खर्च बढाएको आरोप

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका प्रतिपक्षी दलहरूले लगाएका छन् । विभिन्न व्यक्तिलाई राजनीतिक सल्लाहकार राखेर र प्रदेश नीति तथा योजना आयोगको सदस्य सङ्ख्या बढाएर सरकारले अनावश्यक खर्च वृद्धि गरेको प्रतिपक्षी दलको आरोप छ । यही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्रले प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् ।

मङ्गलबार बोलाइएको प्रदेश सभा बैठकमा प्रदेश सरकारले अनावश्यक खर्च वृद्धि गरेको भन्दै प्रतिपक्षी दलले विरोध जनाएपछि बैठक अर्को सूचना जारी नहुन्जेलसम्म स्थगित गरिएको छ । प्रतिपक्षी दलले उठेर विरोध जनाएकाले बैठक सुचारु हुन नसक्ने भन्दै सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको बैठक स्थगित गर्नुभयो । साथै उहाँले बैठकको कार्यसूचीमा रहेका विषय पनि हटाउनुभएको छ । प्रदेश सभामा बोल्दै पूर्वआर्थिक मामिलामन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य नरेशकुमार शाहीले अनावश्यक शीर्षकको खर्च कतौटी गर्न र राजनीतिक सल्लाहकार हटाउन सभामुखमार्फत प्रदेश सरकारलाई आग्रह गर्नुभयो । उहाँले यस विषयमा गम्भीर बन्नका लागि प्रदेश सरकारलाई रुलिङ गर्नसमेत सभामुख भण्डारीलाई आग्रह गर्नुभयो । प्रदेश गरिबी, बेरोजगारीलगायत विभिन्न खाले समस्याको चपेटामा रहेकाले अनावश्यक खर्च कतौटी गर्नुपर्नेमा प्रदेश सरकारले विभिन्न नाममा अनवाश्यक शीर्षकमा खर्च बढाएको उहाँको भनाइ छ ।

spot_img

ताजा समाचार

पृथ्वीराजमार्ग विस्तार : मौरीबासमा कालोपत्र भएसँगै यात्रा सहज

काठमाडौं । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पश्चिम खण्डमा भौतिक प्रगतिले उल्लेख्य फड्को मारेको छ...

पुस्तौदेखि सडक सञ्जालबाट वञ्चित हुँदै गुम्बाबासी

काठमाडौं । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने गुम्बाबासी लामो समयदेखि सडक सञ्जालको पहुँचबाट बञ्चित हुँदैआएका...

अवैध रूपमा सामुदायिक वनको माटो बिक्री

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका २ मा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिले...

मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु

काठमाडौं । यहाँका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा...