विश्वकप लिग–२ : क्रिकेट टोलीको अभ्यास श्रीलङ्कामा

Published on

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम तयारी श्रीलङ्कामा गर्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली टोलीको तयारी भदौ १७ देखि २३ गतेसम्म श्रीलङ्कामा गराउने जानकारी दिएको हो । यसअघि नेपाली टोलीले भारतको बेङ्लोर नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण र तयारी गरेको थियो । श्रीलङ्कामा नेपालले श्रीलङ्कन डेभलपमेन्ट टोलीसँग भदौ १८, २० र २२ गते एकदिवसीय अभ्यास खेल पनि खेल्नेछ । श्रीलङ्का भ्रमणका लागि क्यानले रोकिहतकुमार पौडेलको कप्तानीमा १९ सदस्यीय खेलाडी टोलीको घोषणा पनि गरेको छ । टोलीमा राहितसँगै आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने हुनुहुन्छ । श्रीलङ्काको अभ्यास पनि नेपालले क्यनडामा हुने विश्वकप लिग–२ का लागि अन्तिम टोलीको घोषणा गर्नेछ ।

नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान रहेको छ । नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...