वेस्ट बैङ्कमा भएको हत्याको स्वतन्त्र छानबिन गर्न माग

Published on

काठमाडौं । वेस्ट बैङ्कमा इजरायली बस्तीको विरोधमा प्रदर्शन गर्ने क्रममा टर्की र अमेरिकाको दोहोरो नागरिकता भएकी महिलाको गोली हानी गरिएको हत्याको परिवारले स्वतन्त्र छानबिनको माग गरेको छ ।

परिवारले इजरायली सेनाले एक महिलालाई टाउकोमा गोली हानी हत्या गरेको आरोप लगाउँदै घटनाको स्वतन्त्र छानबिनको माग गरेको छ । वेस्ट बैङ्कको बेइटामा शुक्रबार भएको प्रदर्शनमा भाग लिने क्रममा २६ वर्षीय आइसेनुर एज्जी आइगीको टाउकोमा गोली लागेको थियो । “हाम्रो जीवनमा उहाँको उपस्थितिलाई इजरायली सेनाले अनावश्यक, गैरकानुनी र हिंसात्मक रूपमा लिएको थियो,” आइगीको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ । शान्तिपूर्वक न्यायका लागि आवाज उठाएकी आइसेनुरको गोली लागेर मृत्यु भएको थियो । विज्ञप्तिमा भनिएको छ, “हामी राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई एक अमेरिकी नागरिकको गैरकानुनी हत्याको स्वतन्त्र अनुसन्धानको आदेश दिन र दोषी पक्षहरूको पूर्ण जबाफदेहिता सुनिश्चित गर्न आह्वान गर्दछौँ ।”

इजरायली सेनाले प्रदर्शनका क्रममा सेनामाथि ढुङ्गा प्रहार गर्ने र उनीहरूका लागि खतरा उत्पन्न गर्ने हिंसात्मक गतिविधिका मुख्य उक्साहटकर्तालाई आफ्नो सेनाले गोली चलाएको बताएको छ । इन्टरनेसनल सोलिडारिटी मुभमेन्ट (आईएसएम) का अनुसार आइगी आईएसएमकी सदस्य हुनहुन्थ्यो र उहाँ इजरायली बस्ती विस्तारको विरोधमा बेइटा भएको साप्ताहिक प्रदर्शनमा ऐक्यबद्धता प्रकट गर्न शुक्रबार बेइटामा पुग्नुभएको थियो । हालैका वर्षहरूमा, प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले बेइटाको छेउछाउमा साप्ताहिक विरोध प्रदर्शनहरू गर्दै आएका छन् । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालय र राफिडिया अस्पतालका अनुसार शुक्रबारको प्रदर्शनका क्रममा आइगीको टाउकोमा गोली लागेको थियो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायली कारबाहीलाई ‘बर्बर’ भन्दै निन्दा गर्नुभएको छ । वासिङ्टनले यसलाई ‘दुःखद’ घटना भनेको छ र आफ्नो निकट सहयोगी इजरायललाई अनुसन्धान गर्न दबाब दिएको छ ।

तर उहाँको परिवारले भने स्वतन्त्र छानबिनको लागी माग गरेको छ । “आइगीको हत्याको परिस्थितिलाई ध्यानमा राख्दै इजरायली अनुसन्धान पर्याप्त छैन,” मृतक महिलाको परिवारले भनेको छ। उहाँको परिवारले आइगीले सधैँ प्यालेस्टिनीका जनताविरुद्ध हुने हिंसा अन्त्यको वकालत गरेको बताएको छ । करिब चार लाख ९० हजार मानिस बसोबास गर्ने वेस्ट बैङ्कमा इजरायली बस्ती अन्तर्राष्ट्रिय कानुनअनुसार गैरकानुनी छन् । अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा युद्ध सुरु भएयता इजरायली सेना वा बासिन्दाहरूले वेस्ट बैङ्कमा ६९० भन्दा बढी प्यालेस्टिनीको हत्या गरिसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली अधिकारीहरूका अनुसार सोही अवधिमा प्यालेस्टाइनी आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा २३ जना इजरायली मारिएका छन् । रासस\एएफपी

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...