नेपाल कबड्डी लिगको फ्रेन्चाइज टोली सर्वजनिक

Published on

काठमाडौं । आगामी जेठ २२ गतेदेखि हुने नेपाल कबड्डी लिग सिजन–२ का ६ वटा फ्रेन्चाइज टोली र मालिक सार्वजनिक गरिएको छ । आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टले काठमाडौँमा टोलीको नाम र मालिक सार्वजनिक गरेको हो । नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाको नेसनल इन्भेस्टमेन्ट होल्डिङ प्रालिले विराटनगरको टोली लिएको छ । यो टोलीले नाम परिवर्तन गर्दै  विराटनगर ब्यान्डिट्सबाट विराटनगर बाहुबली बनेको छ । पहिलो संस्करणको च्याम्पियन जनकपुर नाइट्सको स्वामित्व नेको इन्स्योरेन्स लिमिटेडमा यथावत् रहेको छ । उपविजेता काठमाडौँ माभरिक्सको स्वामित्व काठमाडौँ माभरिक्स प्रालिमा पुगेको छ । त्यस्तै, फेवा कन्स्ट्रक्सन प्रालिले पोखरा लेकर्स लिएको छ । मोराई कर्पोरेसन प्रालिमा बुटवल बुल्सको स्वामित्व रहेको छ । यससँगै हिमालयन रेइडर्सको रूपमा पहिलो संस्करणमा प्रतिस्पर्धा गरेको बुटवलको टोलीको नाम बुटवल बुल्स बनेको छ ।

धनगढी वाइल्डक्याट्स प्रालिको नाममा सुदूरपश्चिमको प्रतिनिधि टोली धनगढी वाइल्डक्याट्स भएको छ । देशमा लोकप्रिय भइरहेको एनकेएलमा व्यापारिक तथा व्यावसायिक घराना आबद्ध गर्न पाएकोमा खुसी व्यक्त गर्दै एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकमार बेगानीले भन्नुभयो, ‘‘पहिलो संस्करण भव्य रूपमा आयोजना गरेका थियौँ । दोस्रो संस्करणलाई थप उत्कृष्ट बनाउने छौँ । कर्पोरेट हाउसहरूको आबद्धताले लिगलाई थप उचाई दिने छ । हामी सबैले नेपाली कबड्डीलाई विश्वमै अब्बल बनाउने छौँ ।’’ कार्यक्रममा नेपालका लागि श्रीलङ्काली राजदूत रुवन्थी डेलपिटिया, अखिल नेपाल कबड्डी सङ्घका महासचिव अरविन्दकुमार झालगायतको उपस्थिति रहेको थियो । नेपाली कबड्डीलाई व्यावसायिक रूप दिने प्रयासमा थालिएको एनकेएलको दोस्रो सिजन जेठ २२ गते सुरु हुने छ । प्लेयर्स ड्राफ्टका लागि लागि स्वदेशी खेलाडीको छनोट भइसकेको छ । लिगका लागि १५ देशका एक सय बढी खेलाडीले पनि नाम दर्ता गरेका छन् । 

नेपाल कबड्डी लिगका टोली र मालिक 

विराटनगर बाहुबली – भवानी राणा

जनकपुर नाइट्स – गणेश लम्साल

काठमाडौँ माभरिक्स – साल्भिन कालशङ्कर

पोखरा लेकर्स – रामचन्द्र कोइराला 

बुटवल बुल्स – नवीन साह

धनगढी वाइल्डक्याट्स – माधव अग्रवाल (गोरखापत्र)

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...