सुन तस्करी प्रकरण : चिनियाँ नागरिक टेरेन्स पक्राउ

Published on

काठमाडौं । साठी केजी सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चिनियाँ नागरिक टेरेन्स टिएसईलाई पक्राउ गरेको छ । छाया सेन्टरमा रहेको क्यासिनो वाल्डोमा प्रबन्धकका रूपमा कार्यरत टेरेन्सलाई मङ्गलबार पक्राउ गरिएको ब्युरोका प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।

टेरेन्सलाई मङ्गलबारै अदालत उपस्थित गराइएको र अदालतमा बयान सुरु भएको ब्युरो प्रमुख थापाले जानकारी दिनुभयो । सिआइबीको अनुसन्धानमा टेरेन्स सुन तस्करीमा अन्य चिनियाँ तस्कर समूहसँग र ६० केजी सुन तस्करी प्रकरणका मुख्य आरोपित याओ पुचिङसँग नियमित रूपमा सम्पर्कमा देखिएको र क्यासिनोमा आउजाउ गरेको भेटिएको छ । सुन तस्करी प्रकरणको छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले पनि टेरेन्सविरुद्ध अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको थियो ।

सिआइबीले गरेको अनुसन्धानका क्रममा अधिकृतहरूले क्यासिनोको सिसिटिभी फुटेज पनि बरामद गरेका थिए । त्यस क्रममा सुन प्रकरणका चिनियाँ आरोपित क्यासिनोमा पुगेको फुटेजमा देखिएको थियो । गोरखापत्र

ताजा समाचार

परिवारसँग खुसी साट्न नपाउँदै मिस्टर काठमाडौँ विजेता राईको मृत्यु

काठमाडौं । शनिबार मात्र काठमाडौँमा भएको पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्नु...

विश्वकप लिग–२ : नेपाल आज ओमानसँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बुधबार (आज) राति...

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

काठमाडौं । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।...

राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्...