लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

Published on

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट मधुबन नगरपालिका–७ शुक्रबस्ती बस्ने गौरव पुन मगर, झापाको कमल गाउँपालिका–६ गुवाबारीबाट सोही गाउँपालिका–६ बस्ने लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी सुनसरी, इनरुवा नगरपालिका–४ बाट सोही उपमहानगरपालिका–१८ का जेम्स राई र सोही उपमहानगरपालिका–१७ का सिद्धार्थ चौधरी पक्राउ परेका छन् । दाङ, तुलसीपुर उपमहानगरपालिका–५ बाट सोही नगरपालिका–७ डाँडापातु बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । ]मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट राक्सिराङ गाउँपालिका–६ धुसराङ बस्ने सन्त सिंह लामा र सोही गाउँपालिका–२ बस्ने सन्तवीर मोक्तानलाई पक्राउ गरेको छ । 

कैलालीको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने प्रतिक चौधरीलाई कैलालीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका–१९ धामी चोकबाट सोही उपमहानगरपालिका–१९ बस्ने बिवेक चौधरी, सोही उपमहानगरपालिका–१२ जुगेडा बस्ने नमराज बराइली र छत्र बहादुर विक पनि लागुऔषधसहित पक्राउ परेका छन् । यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका–१ अमौरीबाट जानकी गाउँपालिका–२ परागिपुर बस्ने रमेश दर्लामी मगरलाई प्रहरीले पक्राउ गरेको छ । बाँके, कोहलपुर नगरपालिका–११ सिद्धनगर डेरा गरी बस्ने गोबिन्द सुनार पनि पक्राउ परेका छन् । कास्की, पोखरा महानगरपालिका–९ शान्तिवनबाट सोही ठाउँ बस्ने सुनिल कमरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...