धार्चेको काशीगाउँ स्वास्थ्य चौकी पुनःनिर्माण

Published on

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँ स्वास्थ्य चौकीको भवन पुनःनिर्माण सम्पन्न भएको छ । विनाशकारी गोरखा भुकम्पले पूर्णरुपमा क्षति पुर्‍याएको उक्त स्वास्थ्य चौकीको छकोठे पक्की भवन निर्माण सम्पन्न भएको हो । धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले भारतीय दूतावासको आर्थिक सहयोग एवं सहरी विकास तथा भवन निर्माण सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखरामार्फत काम भएको जानकारी दिनुभयो । गत माघमा भवन निर्माण सकिनुपर्नेमा केही ढिलाइ भएको बताउनुभयो ।

भवन निर्माणका लागि कार्यालयले धुलिखेल जेएल जिभी सेवासँग विंस २०७८ माघमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार ठेकेदार कम्पनीले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि आगामी माघसम्मका लागि म्याद थप गरिएको थियो । थपिएको म्याद अघि नै भवन निर्माण सकिएको प्रशासकीय अधिकृत सुनारले उल्लेख गर्नुभयो । नयाँ निर्माण गरिएको भवन यथाशीघ्र औपचारिक रुपमा सञ्चालन गरी सेवा प्रवाहको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । रासस

ताजा समाचार

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका...

परिवारसँग खुसी साट्न नपाउँदै मिस्टर काठमाडौँ विजेता राईको मृत्यु

काठमाडौं । शनिबार मात्र काठमाडौँमा भएको पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्नु...

विश्वकप लिग–२ : नेपाल आज ओमानसँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बुधबार (आज) राति...

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

काठमाडौं । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।...