परिवारसँग खुसी साट्न नपाउँदै मिस्टर काठमाडौँ विजेता राईको मृत्यु

Published on

काठमाडौं । शनिबार मात्र काठमाडौँमा भएको पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्नु भएका मोरङ पथरीशनिश्चरे(१ निवासी वडिविल्डर्स प्रकाश राईको मृत्यु भएको छ ।

बुधबार बिहान मुटुमा समस्या भएको थाहा पाएपछि ४५ वर्षीय राईलाई काठमाडौँको धापासीस्थित ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । राईको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पाँच वटा उमेर समूहका खेलाडीलाई पछि पार्दै मिस्टर काठमाडौँको उपाधि जित्नु भएका राईले ७५ केजी समूहबाट प्रतिस्पर्धामा भाग लिनुभएको थियो । मोरङको उर्लाबारी–४ मा फोनिक्स फिटशाला सञ्चालन गर्दै आउनु भएका राई स्थानीय शुभेच्छुकसँग खुसी साट्न केही दिनपछि आउने तयारीमा हुनुहुन्थ्यो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...