परिवारसँग खुसी साट्न नपाउँदै मिस्टर काठमाडौँ विजेता राईको मृत्यु

Published on

काठमाडौं । शनिबार मात्र काठमाडौँमा भएको पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्नु भएका मोरङ पथरीशनिश्चरे(१ निवासी वडिविल्डर्स प्रकाश राईको मृत्यु भएको छ ।

बुधबार बिहान मुटुमा समस्या भएको थाहा पाएपछि ४५ वर्षीय राईलाई काठमाडौँको धापासीस्थित ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । राईको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पाँच वटा उमेर समूहका खेलाडीलाई पछि पार्दै मिस्टर काठमाडौँको उपाधि जित्नु भएका राईले ७५ केजी समूहबाट प्रतिस्पर्धामा भाग लिनुभएको थियो । मोरङको उर्लाबारी–४ मा फोनिक्स फिटशाला सञ्चालन गर्दै आउनु भएका राई स्थानीय शुभेच्छुकसँग खुसी साट्न केही दिनपछि आउने तयारीमा हुनुहुन्थ्यो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...