वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने

Published on

काभ्रे- वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने भएका छन् ।

बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारी साधनलाई आवागमन खुलाइएकोमा भोलिदेखि सो रुटमा अनुमति प्राप्त अन्य सवारी साधनलाई पनि सञ्चालन गर्न दिइने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

सो कार्यालयकाअनुसार बीपी राजमार्ग अर्न्तगत चौकीडाँडा र माम्ती खोला नजिकको डाइर्भसन सुधार गरी यसअघि राजमार्गमा यातायात सञ्चालनका लागि अनुमति प्राप्त सवारी साधन सावधानीपूर्वक सञ्चालन गर्न दिइनेछ ।

गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेंसी वर्षेखोला खण्डको करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्ण रुपमा बगाएको थियो ।

सो खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले भने रातको समयमा यात्रा नगर्न कार्यालयले सूचनामार्फत सरोकारवालालाई अनुरोध गरेको छ ।

spot_img

ताजा समाचार

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ । नेपाली...

रेसुङ्गा पार्कले बढायो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा...

महिला लिग : संकटाको विजयी सुरुवात

काठमाडौं । संकटा क्लबले सहिद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति...