रामायण सर्किटमा रामधुनी मन्दिरलाई जोड्ने

Published on

काठमाण्डौं । भगवान राम वनबासका क्रममा बास बसेको स्थान रामधुनी मन्दिरलाई रामायण सर्किटमा जोड्न सम्भाव्यता अध्ययन थालिएको छ । लामो समयदेखि रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यस्थापन समितिले रामधुनी मन्दिरलाई रामायण सर्किटमा जोड्न सम्भाव्यता अध्ययन गर्दै आएको थियो ।

त्रेतायुगमा वनबासको क्रममा राम भगवान जहाँ–जहाँ पुगे त्यस ठाउँलाई सर्किटमा जोड्ने कार्यको अध्ययन भइरहेको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताउनुभयो ।

उहाँका अनुसार सर्किटमा जोड्न जानकी मन्दिरको महन्तसँग यसअघि नै छलफल भइसकेको छ । रामधुनी गुठी व्यवस्थापन समितिले विगत पाँच वर्षदेखि रामायण सर्किटमा रामधुनीलाई जोड्न लागिपरेको छ । सर्किटमा जोड्नका लागि स्थानीय सरकार, प्रदेश सरकार र प्रधानमन्त्री कार्यालयको सिफारिससहित पर्यटन तथा संस्कृति मन्त्रालयलाई पत्र बुझाएको गुठी व्यवस्थापन समितिले जनाएको छ । संस्कृति मन्त्रालयले विज्ञ टोली गठन गरेर नेपालमा रामको पाउ स्पर्श भएको क्षेत्रको अध्ययन गरेर सर्किटमा जोड्नुपर्ने अध्यक्ष डिल्ली कार्की बताउनुहुन्छ ।

पूर्वी नेपालमै धार्मिक पर्यटनको महत्त्व बोकेको रामधुनी मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा थप विकास गर्ने उद्देश्यले सर्किटमा जोड्न लागिपरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । धार्मिक, पौराणिक एवम् ऐतिहासिक धरोहरका रुपमा रहेको मन्दिरलाई सर्किटमा जोड्न तत्कालिन भारतीय राजदूतावासलाई समेत जानकारी गराइएको समितिले जनाएको छ ।अध्यक्ष डिल्ली कार्कीका अनुसार मन्दिरलाई रामायण सर्किटमा जोड्न भारतीय पक्ष पनि सकारात्मक रहेको छ तर नेपाल सरकारले सिफारिस प्रक्रिया अगाडि नबढाएकाले सर्किटमा रामधुनी मन्दिर जोडिन सकेको छैन । उहाँले भन्नुभयो “नेपाल सरकारले सिफारिस दिए चाँडै सर्किटमा जोडिने थियो ।”

सुनसरीको रामधुनी र बराहक्षेत्र नगरपालिकाको सीमा जङ्गलको बिच भागमा अवस्थित श्री रामधुनी मन्दिर धार्मिक, पौराणिक र ऐतिहासिक महत्त्व बोकेको मन्दिर हो । रामधुनि नगरपालिका वडा नम्बर ४ को रामधुनि जङ्गलमा अवस्थित रामधुनि मन्दिर बराक्षेत्र नगरपालिका र भोक्रहा नरसिङ्ग गाउपालिकाको सिमा जङ्गलको बिच भागमा अवस्थित छ । पौराणिक कथनअनुसार त्रेता युगमा श्री रामचन्द्र वनवासको क्रममा रामधुनि तपोवनको पूण्यस्थलमा धुनी लगाएर एक रात बास बसेको र आफ्ना पाऊका एक जोर खराऊ बास बसेकै ठाउँमा छाडी गएको भन्ने भनाइ छ । रामको चरण परेको भूमि र उनले बालेको धुनी हेर्न दैनिक देश तथा विदेशबाट श्रद्धालु दर्शन गर्न रामधुनी मन्दिर श्रद्धालुहरु आउने गरेका छन् । रामायण सर्किटमा रामधुनि मन्दिरलाई जोड्न सके यस क्षेत्रको धार्मिक, आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने थियो ।

के हो रामायण सर्किट ?
त्रेतायुगमा भगवान राम र सीताले यात्रा गरेको क्षेत्रलाई नै रामायण सर्किट भन्ने गरिएको छ । तत्काालिन समयमा राम जहाँ–जहाँ पुगेका थिए त्यस क्षेत्रलाई जोड्ने सडक अवधारणा नै सर्किट हो । त्रेता युगमा श्री रामचन्द्र वनाबासका क्रममा रामधुनिमा धुनी जगाएर बास बसेको पौराणीक भनाइ अनुसार रामको पाउ स्पर्श भएको क्षेत्रको रुपमा परिचित छ । मन्दिरको बारेमा पुराणहरुमा समेत वर्णन गरिए अनुसार रामधुनिमा राम भगवान बास बसेको कथन पाइने हँुदा रामधुनि मन्दिरलाई सर्किटमा जोड्न सकिने आधार रहेको छ । सर्किटमा जोड्न सके धार्मिक प्रर्यटनको विकास हुने भएकाले रामधुनि मन्दिरलाई सर्किटमा जोड्न पर्नेमा सबैले पहल गर्नु पर्ने देखिन्छ ।

रामको पाउँ स्पर्श भएको रामधुनि मन्दिर सर्किटमा जोडिए पूर्वी नेपालका ओझेलमा परेका अन्य पौराणिक मठ मन्दिरहरुको समेत विकास हुने थियो । भारतबाट समेत तिर्थालुहरु आउने गरेको रामधुनि मन्दिर र रामको जन्मस्थान अयोध्याबीचको दूरी ८ सय २२ किलोमिटर छ । भगवान रामले यात्रा गरेको नेपाल र भारतका क्षेत्रहरुलाई जोडेर सर्किट बनाए धार्मिक पर्यटनको कोसेढुङ्गा सावित हुने थियो । गोरखापत्र

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...