सवारी दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा ‘टाइम कार्ड’

Published on

काठमाण्डौँ । सवारी दुर्घटना न्यूनीकरण गर्न प्रमुख राजमार्गमा ‘टाइम कार्ड’ लागु गरिएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय दोलखाले चाडपर्वलाई लक्षित गरी ‘टाइम कार्ड’ लागु गरेको हो ।

सडकमा सवारीसाधनको अत्यधिक चाप बढ्ने, तीव्र गतिमा सवारीसाधन चलाउने अतथा सवारी नियमको उल्लङ्घनसमेत बढ्न गई हुनसक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न राजमार्गमा ‘टाइमकार्ड’ लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर भट्टराईले बताउनुभयो । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि टाइम–कार्ड एउटा उत्तम विकल्प भएको यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा रहेको भट्टराईले बताउनुभयो । जिल्लामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न टाइम–कार्ड लागु गर्ने र त्यसका लागि ट्राफिक प्रहरी र यातायात व्यवसायी बसेर टाइम–कार्ड बनाएर लागु गरिएको उहाँको भनाइ छ ।

दुर्घटना न्यूनीकरणका लागि टाइम–कार्ड प्रभावकारी हुन सक्छ भन्ने उद्देश्यले लागु गरिएको उहाँले बताउनुभयो । जिल्लाको भिमेश्वर नगरपालिका –९ खरिढुङ्गा चेकपोस्ट सदरमुकाम चरिकोट सातदोबाटो चोक सम्म २२ किलोमीटर यात्रा गर्न १ घण्टा समय तोकिएको छ । त्यसैगरी, चरिकोट बाट तामाकोसी गाउँपालिका –५ किर्नेटार चेक पोस्टसम्म ३९ किलोमीटर यात्र गर्न १ घण्टा ३५ मिनेट र चरीकोटबाट जिरी सम्म ५६ किलोमीटर यात्रा गर्न २ घण्टा १५ मिनेट समय तोकिएको छ। अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनका हकमा यो नियम लागु हुने हुँदा दुर्घटना न्यूनीकरण हुने आशा ट्राफिकको रहेको छ ।

“जिल्लामा तीव्र गतिसँगै खाल्डाखुल्डी, पुराना गाडीलगायत मानवीय गल्तीका कारण पनि दुर्घटना हुने गरेका छनू”, ट्राफिक प्रहरी प्रमुख भट्टराईले भन्नुभयो, ”टाइम–कार्ड समग्र रूपमा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने सबैको अपेक्षा छ ।” टाइम–कार्ड लागु गरे पनि मुख्य कुरा सचेतना आवश्यक रहेको भन्दै यसतर्फ ध्यान दिन सके धेरै दुर्घटना कम गर्न सकिने जिल्ला ट्राफिक प्रहरी प्रमुख भट्टराई बताउनुहुन्छ ।

साँघुरो र खराब बाटोसँगै ओभरटेक गर्न खोज्दा धेरै दुर्घटना हुने गरेका छन्। त्यसलाई रोक्ने हो भने दुर्घटनामा कमी आउने देखिन्छ । टाइम–कार्ड लागु भए चालकले पालना गरे नगरेको प्रभावकारी रूपमा अनुगमन गर्ने र पालना नगर्नेलाई कारबही गर्न सके दुर्घटनामा कमी आउने प्रहरीले जनाएको छ । त्यससँगै क्षमताभन्दा बढी यात्रु नराख्ने, प्रत्येक गाडीले अपाङ्गमैत्री, महिला, ज्येष्ठ नागरिक र विद्यार्थीलाई आरक्षण सिट छुट्याएर यात्रा गराउनुपर्ने छ। गोरखापत्र

ताजा समाचार

अफगानिस्तानमा विस्फोट स् तीन जना बालबालिकाको मृत्यु, तीन घाइते

काठमाण्डौँ । पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्पोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै...

घटालथानको निर्माण अलपत्र

काठमाण्डौँ । प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरुप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक...

२२ हजारभन्दा बढीमा डेंगु पुष्टि, ११ को मृत्यु

काठमाण्डौँ । देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना...

‘पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति’

काठमाण्डौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाललाई विश्व जगतमा चिनाउन सहयोग गर्ने...