नागुका स्थानीयले रास्वपाका सामन्तलाई बुझाए १० बुँदे ज्ञापन

Published on

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्दै मतदान नगरेका नौगाड–१ नागुका स्थानीयले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्तलाई विकाससम्बन्धी मागसहित १० बुँदे ज्ञापन पत्र बुझाएका छन्। दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा पराजित हुनुभएका सामन्त मङ्गलबार नागु पुग्नुभएको थियो। स्थानीयले प्राथमिकतामा राखिएका विकास निर्माणका मागहरू प्रस्तुत गर्न गठित संघर्ष समितिको तर्फबाट ज्ञापन बुझाइएको हो। स्थानीय नरेन्द्रबहादुर बमका अनुसार मतदान बहिष्कार निर्वाचनको विरोध होइन, नागु क्षेत्रको आधारभूत विकासका आवश्यकता पूरा गर्न ध्यानाकर्षण गराउने उद्देश्यले गरिएको थियो।

ज्ञापनपत्रमा दल्लेख–नागु–सिना सडक खण्ड निर्माण, नागुमा वडा स्थापना, गोफागाड, मल्लोगोफा खोला, भट्टेधार खोला र दह खोला जस्ता स्थानमा झोलुङ्गे तथा ट्रस पुल निर्माण, नागेश्वर ज्योतिर्लिङ्ग धाम राष्ट्रियकरण, विद्यालय संरचना सुधार तथा स्थायी शिक्षक व्यवस्था, टेलिफोन टावर स्थापना, घोरेटो बाटो निर्माण, आवश्यक स्थानमा रेलिङ निर्माण, विद्युत् विस्तार, थाम टोलमा खानेपानी योजना निर्माण र खाद्य डिपो स्थापना गरी संचालन गर्नुपर्ने माग समावेश छ।

ज्ञापनपत्र बुझ्दै रास्वपाका सभापति तथा उम्मेदवार सामन्तले नागुबासीका माग सम्बोधन गर्न सबै राजनीतिक दल र विजयी सांसदहरू एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो। निर्माणधीन योजनाको काम समयमै सम्पन्न गर्न आफूले पार्टीमार्फत केन्द्र सरकारमा पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। अधुरा र अपुरा परियोजनाको निर्माण कार्य पूरा नहुँदासम्म पहल नगरी छोड्ने उहाँको प्रतिवद्धता रहेको स्थानीय ठगेन्द्र जुहारीले जानकारी दिनुभयो। यसपछि सामन्त अपि हिमाल गाउँपालिका–३ र व्यास गाउँपालिका–२ का स्थानीयसँग भेटघाट गरी उनीहरूको माग लिएर काठमाडौं जाने तयारीमा रहेको जानकारी दिइएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...