आठौँ मण्डली कप हुने

Published on

काठमाण्डौँ । एक लाख ५० हजार राशीको आठौँ मण्डली कप कात्तिक २१ गतेदेखि हुने भएको छ । मण्डली स्पोर्ट्स क्लब पूर्वखोलाको आयोजनामा प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष अनन्तप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा पुरूषतर्फ र महिलातर्फको भलिबल खेल हुनेछ । पुरूषतर्फ एक लाख ५० हजार रुपियाँ र महिलातर्फ भने ३० हजार रूपियाँ रासीको पुरस्कार हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा द्वितीय हुनेले एक लाख, तृतीय हुनेले ७० हजार र सान्त्वना हुनेले ३५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । यस्तै उत्कृष्ठ खेलाडीलाइ पनि नगदसहित सम्मान गरिनेछ । यस्तै महिलातर्फ द्वितीयले २० हजार, तृतीयले १० हजार र सान्त्वनालाई पाँच हजार रुपियाँ नगद प्रदान गरिनेछ । पुरुष भलिबलतर्फ ६ टिम सहभागी हुनेछन् भने महिलातर्फ ४ टिमबीच प्रतिस्पर्धा हुने क्लबका सचिव कृष्णप्रसाद पंगेनीले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...