आठौँ मण्डली कप हुने

Published on

काठमाण्डौँ । एक लाख ५० हजार राशीको आठौँ मण्डली कप कात्तिक २१ गतेदेखि हुने भएको छ । मण्डली स्पोर्ट्स क्लब पूर्वखोलाको आयोजनामा प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष अनन्तप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा पुरूषतर्फ र महिलातर्फको भलिबल खेल हुनेछ । पुरूषतर्फ एक लाख ५० हजार रुपियाँ र महिलातर्फ भने ३० हजार रूपियाँ रासीको पुरस्कार हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा द्वितीय हुनेले एक लाख, तृतीय हुनेले ७० हजार र सान्त्वना हुनेले ३५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । यस्तै उत्कृष्ठ खेलाडीलाइ पनि नगदसहित सम्मान गरिनेछ । यस्तै महिलातर्फ द्वितीयले २० हजार, तृतीयले १० हजार र सान्त्वनालाई पाँच हजार रुपियाँ नगद प्रदान गरिनेछ । पुरुष भलिबलतर्फ ६ टिम सहभागी हुनेछन् भने महिलातर्फ ४ टिमबीच प्रतिस्पर्धा हुने क्लबका सचिव कृष्णप्रसाद पंगेनीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...