गर्भपतन गरेर भ्रुण फाल्ने दुई जना पक्राउ

Published on

काठमाण्डौँ । ओखलढुङ्गामा गर्भपतन गरेर सडकमा भ्रुण फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब दुई महिनाको भ्रुण गर्भपतन गराएर सडकमा फाल्ने सिद्धिचरण नगरपालिका–३ का ५१ वर्षीय पुरुष र ३३ वर्षीय महिलालाई प्रहरीले पक्राउ गरेको हो । अनैतिक शारिरीक सम्पर्कबाट गर्भ बसेपछि गर्भपतन गराई सडकमा फालेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय कार्कीले बताउनुभयो । ओखलढुङ्गा जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो । मृत फेला परेका दुई महिनाको शिशु पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको छ । पोस्टमार्टम र डिएनए परीक्षणको रिपोर्ट आएपछि अनुसन्धान थप अघि बढ्ने प्रहरीले जनाएको छ । प्रहरीले आरोपितहरुको परिचय गोप्य राखेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...