नेपाल एयरलाइन्समा देखिएका समस्याहरु दीर्घकालीन रुपमा समाधान गर्छौ : मन्त्री पाण्डे

Published on

काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल एयरलाईन्समा देखिएका समस्याहरुको दीर्घकालीन समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको बताउनुभएको छ । वर्तमान सरकार गठन भएको सय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरुबारे जानकारी दिन बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले उक्त कुरा बताउनुभएको हो । मन्त्री पाण्डेले नगारिक उड्डयन प्रधिकरणलाई अलग गर्ने विधेयक तयार, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्ययोजनाको सफल कार्यान्वयन, पर्यटन ऐनको परिमार्जन, पर्यटन नीति तयार जास्ता दुरगामी महत्त्वका कामहरु भएको बताउनुभएको छ ।

उहाँले नागरिक नेपाल एयरलाइन्सलाई सुधार गरी लैजान यसको व्यवस्थापनलाई कुन मोडलमा लैजने भन्ने विषयमा गम्भीर छलफल थालिएको तथा नेपालमा पटकपटक भएको हवाई दुर्घटना र त्यस पछि गठित आयोगका अध्ययन प्रतिवेदनले औँल्याएका विषयका समग्र अध्ययन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा समिति गठन गरिएको पनि सो अवसरमा बताउनुभयो । मन्त्री पाण्डेले भन्नुभयो, “नेपाल एयरलाईन्समा देखिएका समस्याहरुको दीर्घकालीन समस्या समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको छ । नेपाल नाागरिक उड्डन क्षेत्रको समष्टिगत अध्ययन एवम् विश्लेषण गरी सुरक्षित भरपर्दो एवम् विश्वसनिय बनाउन समिति समेत गठन गरी काम अघि बढाइसकेका छौं ।”

उहाँले नेपाल नागरिक उड्डटयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रुपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक र हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, सङ्घीय संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेश गरिएको जानकारी दिनुभयो । ती विधेयकहरु संसदको आगामी अधिवेशनमा पेश भई परित गर्न पहल हुने पनि स्पष्ट गर्नुभयो । यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवम् प्रोत्साहन सहितको कार्ययोजना पछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यहि कात्तिक २४ गतेदेखि जजिरा एअरवेयजले हप्तामा तीन र फ्लाई दुबईले दैनिक एक अन्तर्राष्ट्रिय उडान गर्ने गरी कार्यतालिका स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धी भएको स्पष्ट गर्नुभयो ।

मन्त्री पााण्डेले भन्नुभयो, “आन्तरिक वायुसेवाले व्यहोर्नुपर्ने यात्रुको दायित्व तथा बिमालाई समयानुकूल वृद्धि गर्न हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयकको मस्यौदा तर्जुमा गरी स्वीकृतिको प्रकृया अघि बढाइएको छ ।” यसको कार्यन्वयनबाट हावई दुर्घटनामा परेका यात्रुका परिवारले पाउने बिमा रकमा उल्लेख्या वृद्धि हुने छ । यसैबीच देशका विभिन्न भागमा भएका बाढी र पहिरोबाट उत्पन्न विपदका बेला मन्त्रालयले यातायात सेवा अवरूद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुलाई अतिरिक्त शुल्क नलाग्ने गरी टिकटको मिति परिवर्तन गर्न पाउने व्यवस्था मिलाइएको र यसबाट यात्रुलाई सहज भएको बताउनुभयो ।

सो अवरुद्ध सडक सञ्जालहरू सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीले स्वीकृत हवाई भाडादरकोअधिकतम सीमाको टिकट बिक्री नगर्ने गरी व्यवस्था मिलाइएको मन्त्री पाण्डेले बताउनुभयो । नेपाल र फ्रान्सबिच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा संझौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडि बढाइएको, नेपाल र इन्डोनेशियाबिच द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रकृया अघि बढाइएको उहाँले बताउनुभयो । मन्त्रालयले यस अवधिमा सौर्य एअरलाइन्सको वायुयान दुर्घटनाको अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गरिएको र प्रारम्भिक प्रतिवेदनबाट प्राप्त सुझावहरू कार्यान्वयनका लागि निर्देशन दिएको जनाएको छ । मन्त्री पाण्डेले भन्नुभयो, “यस अवधिमा पर्यटन विधेयक, सङ्घीय संसदमा दर्ता गर्न स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गरिएको छ । क्यासिनो नियमावली, स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गरिएको । पर्वतारोहण सम्बन्धी नियमावली, २०६९ संशोधनका लागि मन्त्रिपरिषदमा पेश गरिएको छ ।”

त्यस्तै नेपालका पाँच हजार ८०० देखि छ हजार ५०० सम्म उचाइका थप ५७ हिमाल आरोहणको लागि खुला गरिएको छ । पर्यटन विभागका सेवाहरू ९पर्वतारोहण र होटल व्यवस्थापन० लाई अनलाईन प्रणालीमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । यस अवधिमा मन्त्रालयले ग्रेट हिमालयन ट्रेलको थप पाँच किमी पदमार्ग निर्माण कार्य सम्पन्न गरिएको, हिमाल आरोहण र पदयात्राको क्रममा विपद् लगायतको अवस्थामा रहेका करिब २०० पर्यटकहरूलाई उद्धार गरिएको जनाएको छ । यस्तै प्रतिलिपि अधिकार विधेयक, २०८१ मस्यौदा तर्जुमा गरी सुझावका लागि नीति अनुसन्धान प्रतिष्ठानमा प्रेषित गरिएको, पशुपति क्षेत्र विकास कोष ऐनको संशोधन मस्यौदा तर्जुमा गरिएको, सङ्घीय भाषा विधेयक र सङ्ग्रहालय विधेयक तर्जुमा कार्य अघि बढाइएको मन्त्री पाण्डेले बताउनुभयो । मन्त्रालयले यस अवधिमा ललितपुरको गुईत टोलको चैत्यबाट हराई अमेरिकामा पुगेको ध्यानी बुद्धको मूर्ति प्रमाणसहित नेपाल फर्काउन कुटनीतिक प्रकृया अघि बढाइएको तथा शंकर किर्ति महाविहार, भगवान वहाल ठमेलबाट चोरी भएको पद्मपाणी लोकेश्वरको मू्र्ती सोही स्थानमा पुनस्र्थापना गरिएको उहाँले बताउनुभयो ।

ताजा समाचार

बङ्गलादेशद्वारा पूर्वप्रधानमन्त्री शेख हसिना पार्टीको विद्यार्थी सङ्गठन प्रतिबन्धित

काठमाण्डौँ । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी...

गाउँमै मौलिकता झल्कने सङ्ग्रहालय

काठमाण्डौँ । नेपालको पहिचानसँग जोडिएका परम्परागत रीतिरिवाज तथा रहनसहनजस्ता मौलिकता बिस्तारै हराउँदै जान थालेको...

स्थानीय तहलाई गिटी र बालुवाको ठेक्का लगाउन सकस

काठमाण्डौँ । सिन्धुलीका स्थानीय तहले ढुङ्गा, गिटी र बालुवाको ठेक्का लगाउन सकेका छैनन् ।...

बालविवाहको आरोपमा आठ पक्राउ

काठमाण्डौँ । सुनसरीको वराहक्षेत्र नगरपालिका-१ चतरामा विदेशी नागरिकसँग बालविवाह गराउने बेहुलीका बाबुसहित ८ जनालाई...