बङ्गलादेशद्वारा पूर्वप्रधानमन्त्री शेख हसिना पार्टीको विद्यार्थी सङ्गठन प्रतिबन्धित

Published on

काठमाण्डौँ । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको निकट विद्यार्थी सङ्गठन ‘बङ्गलादेश छात्र लिग’लाई बङ्गलादेशको अन्तरिम सरकारले बुधबार प्रतिबन्ध लगाएको छ । सरकारले “आतङ्कवाद विरोधी ऐन, २००९” को धारा १८ को उप–धारा ९१० मा प्रदान गरिएको शक्तिअन्तर्गत बङ्गलादेश अवामी लिगको भ्रातृ सङ्गठन बङ्गलादेश छात्र लिगलाई प्रतिबन्ध लगाएको बङ्गलादेशको गृह मन्त्रालयले एक आधिकारिक आदेशमा जनाएको छ। यसअघि मङ्गलबार पूर्व प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्न नेतृत्वको समूह ‘एन्टी–डिस्क्रिमिनेसन स्टुडेन्ट मुभमेन्ट’ले बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामासहित पाँच बुँदा मागको घोषणा गरेको थियो ।

मागहरूमा अवामी लिगको विद्यार्थी सङ्गठन बङ्गलादेश छात्र लिगमाथि प्रतिबन्ध लगाउने पनि समावेश थियो । “बङ्गलादेशको स्वतन्त्रतापछि विभिन्न समयमा, विशेष गरी पछिल्लो १५ वर्षको तानासाही शासनकालमा, बङ्गलादेश अवामी लिगको भ्रातृ सङ्गठन ‘बङ्गलादेश छात्र लिग’ हत्या, यातना, साझा कोठामा उत्पीडन, छात्रावास, बलात्कार र यौन उत्पीडनलगायतका विभिन्न सार्वजनिक सुरक्षा सम्बन्धी गतिविधिहरूमा संलग्न रहेको छ”, बङ्गलादेशको गृह मन्त्रालयले जारी गरेको आदेशमा भनिएको छ । “यस सम्बन्धमा दस्तावेजी जानकारी देशका सबै प्रमुख मिडियामा प्रकाशित गरिएको छ र केही आतङ्कवादी घटनामा सङ्गठनका नेता एवम् कार्यकर्ताहरू फौजदारी अदालतमा पनि प्रमाणित भएका छन्”, बुधबार साँझ जारी गरिएको आदेशमा भनिएको छ । रासस/एएनआई

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...