एसइईमा उपल्लो मुस्ताङबाट एक मात्र छात्रा

Published on

काठमाडौं । यस वर्ष उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–२, छोसेरकी छिमी ल्हामो गुरुङ यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारीमा व्यस्त हुनुहुन्छ । अत्यधिक चिसो बढेसँगै कात्तिक महिनामा घुम्ती कक्षाका लागि पोखरा जानुभएकी छात्रा गुरुङसँग परीक्षामा सहभागी हुने आफ्नै विद्यालयका साथी छैनन् । 

तिब्बतको सिमानामा पर्ने दिव्यदीप माध्यमिक विद्यालय, छोसेरबाट यस वर्ष छात्रा गुरुङ मात्रै परीक्षामा सहभागी हुनुहुन्छ । पोखरा नगरपालिका–२६, विजयपुरमा रहेको आफ्नै विद्यालयको भवनमा मङ्सिरदेखि फागुनसम्म पढेर गुरुङ शिक्षकसँगै सदरमुकाम जोमसोममा जाने विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाठीले बताउनुभयो । उहाँका अनुसार जिल्लाभर ८५ जना छात्रा रहेकोमा गुरुङ उपल्लो मुस्ताङबाट सहभागी हुने एक मात्रै छात्रा हुन् । त्रिपाठीले भन्नुभयो, “यस वर्ष विद्यालयबाट एक जना मात्रै विद्यार्थीले एसइई दिँदै हुनुहुन्छ । हामीले परीक्षाका लागि नियमित र अतिरिक्त कक्षासहित तयारीमा कुनै पनि कमी हुन दिएका छैनौँ ।” 

उपल्लो मुस्ताङको ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एक मात्रै माविस्तरको सामुदायिक विद्यालयबाट छात्रा गुरुङ एक्ली परीक्षार्थी भएको उहाँले बताउनुभयो । जनसङ्ख्या कम रहेकाले विद्यालयमा ल्होमन्थाङ गाउँपालिकाबाहेक म्याग्दी, बागलुङ, धनुषा, रूपन्देहीलगायतका विद्यालयका विद्यार्थी अध्ययनरत छन् । यसैबिच यस वर्ष मुस्ताङबाट नियमिततर्फ १८६ र ग्रेड वृद्धितर्फ १२ जना गरी १९८ विद्यार्थी सहभागी परीक्षामा सामेल रहेको शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङले जनाएको छ । शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङका सूचना अधिकारी चन्द्रसिंह विकले मुस्ताङमा नौ सामुदायिक, एक निजी र दुई धार्मिक विद्यालयबाट नियमितमा छात्र  १०१ जना र छात्रा ८५ जना रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...