सशस्त्र प्रहरीलाई सिमाको ‘डेडिकेटेड फोर्स’ बनाइन्छः गृहमन्त्री लेखक

Published on

काठमाण्डौँ । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताउनुभएको छ । मङ्गलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई सिमाको ‘डेडिकेटेड फोर्स’ बनाउन मन्त्रालय लागि परेको बताउनुभएको हो । उहाँले त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीहरुको स्थापना गर्न लागिएको जानकारी दिनुभयो । गृहमन्त्री लेखकले हाल स्थापनारत बिओपीहरुको स्तर वृद्धि गर्दै समग्र सङ्गठनलाई प्रविधिमैत्री एवम् चलायमान बनाउनेतर्फ पनि मन्त्रालय प्रयासरत रहेको जानकारी गराउनुभयो ।

‘‘सशस्त्र प्रहरी बल, नेपाललाई सिमाको डेडिकेटेड फोर्स बनाउन मन्त्रालय लागि परेको छ । यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीहरुको स्थापना, मौज्दुता बिओपीहरुको स्तर वृद्धि गर्दै समग्र सङ्गठनलाई प्रविधिमैत्री एवम् चलायमान बनाउनेतर्फ मन्त्रालय प्रयासरत रहेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय सुरक्षाभित्र पर्ने सबै जिम्मेवारीहरु हाम्रा साझा जिम्मेवारीहरु हुन् । हाम्रो जिम्मेवारीबाट राज्यका हरेक नागरिकमा सुरक्षाको प्रत्याभूति भएमात्र हाम्रो अस्तित्व र परिचालनको अर्थ हुन्छ ।’’ उहाँले दीक्षित प्रहरीहरुलाई आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमान्दारीलाई सदैव सत्य र लोकहितको पक्षमा लगाएर काम गर्न आग्रह गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालको कानुन परिवर्तन गर्न लागिएको भन्दै यसले सशस्त्र प्रहरीलाई थप सबल, सक्षम र व्यवसायिक बनाउने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमान्दारीलाई सदैव सत्य र लोकहितको पक्षमा लगाउनु होला । सदाचारयुक्त, योग्य, सकारात्मक सोँच र मानसिकता भएको दक्ष र इमान्दार अधिकृतको रुपमा राष्ट्रसेवाको आगामी यात्रा सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहान्छु । कानुन परिवर्तन गरेर नयाँ कानुन निर्माणको प्रक्रिया अगाडि बढाउन लागेको छौँ । यसले थप सबल, सक्षम र व्यवसायिक बनाउने छ यो कानुनले भन्ने विश्वास छ ।’’ उहाँले सशस्त्र प्रहरी बल नेपालको सेवालाई थप विशिष्टिकृत बनाइने भन्दै राष्ट्र सेवामा जोश र ऊर्जाका साथ लाग्न निर्देशन दिनुभयो ।

spot_img

ताजा समाचार

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ...

दमकमा अस्थायी हेलिप्याड र हवाई गस्तीको तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य...

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...