कञ्चनरूपमा आगलागीबाट सात लाखको क्षति

Published on

काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिका-१, बैरवामा आगलागी हुँदा तीन घर सहित लाखौंको क्षति भएको छ । स्थानीय इसलाम मंसुरी, इनुस मंसुरी र खुदरत मंसुरीको घर जलेर नष्ट हुँदा सात लाख बराबरको क्षति भएको हो । आइतबार इसलाम मंसुरीको घरमा बालेको घुरबाट अचानक आगो सल्किएर आगलागी भएको थियो । आगलागीबाट इसलामको जस्ताको छानो भएको कच्ची घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट हुँदा एक लाख पचास हजार रुपियाँ बराबरको क्षति भएको छ । सोही ठाउँका इनुसको जस्ताको छानो भएको कच्ची घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा पूर्णरूपमा जलेर नष्ट भएर दुई लाख पचास हजार र खुदरत मंसुरीको जस्ताको छानो भएको कच्ची घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा पूर्णरूपमा जलेर नष्ट हुँदा तीन लाख बराबरको क्षति भएको हो । आगलागीबाट कुल सात लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । आगो नेपाल प्रहरी, दमकल र स्थानिय मानिसहरूको सहयोगमा नियन्त्रणमा लिइएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...