जाजरकोट भूकम्पको एक वर्षः अझै भएन पुनः निर्माण

Published on

काठमाण्डौँ । भूकम्प गएको एक वर्ष बितिसक्दा पनि सल्यानका भूकम्प पीडितले पहिलो किस्ताको रकम पाउन सकेका छैनन् । गत वर्ष कात्तिक १७ गते आजकै दिन जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पले सल्यानको दार्मा गाउँपालिकाका ४ हजार ८१ घरमा क्षति गरेको थियो । मानविय रुपमा क्षति नभएपनि भूकम्पका कारण भौतिक रुपमा ठुलो क्षति पुर्‍याएको थियो । चार हजार ८१ भूकम्पपीडित मध्य अहिलेसम्म २३ सय ८८ जनाले मात्र पहिलो किस्ता बापतको रकम पाएका छन् । अझै १६ सय ९३ परिवारले पहिलो किस्ता बापतको रकम पाएका छैनन् । भूकम्प प्रभावितहरुले अहिलेसम्म रकम नपाएको र पुनर्निर्माणको काम नभएको बताएका छन् । दार्मा गाउँपालिका ३ का मोहन केसीले भूकम्प आएको एक वर्षसम्म पनि प्रभावितका लागि काम नभएको गुनासो गर्नुभयो । उहाँका अनुसार अहिले पनि भूकम्पपीडित चर्किएका घर र टहरामा बस्न बाध्य छन् ।

भूकम्पले दुई घर भत्काएपछि दार्मा गाउँपालिका ५ का धनि केसीले अस्थायी आवासमा बस्दै आउनुभएको छ । उहाँले भन्नुभयो, ‘‘सरकारले रकम उपलब्ध गराएपछि राम्रो घर बनाउने आशा मात्रै भयो । अहिलेसम्म रकम प्राप्त भएको छैन ।’’ अस्थायी आवासमा बस्दै आएका भूकम्प प्रभावित पुनर्निर्माणका लागि सरकार पर्खिरहेका छन् । उनिहरुले आफ्नै आम्दानीबाट घर बनाउन नसक्ने बताएका छन् । दार्मा गाउँपालिका(२ टेक बहादुर केसीले दुई वर्ष पहिले ऋण लिएर घर बनाएको घर भूकम्पले भत्काएपछि अहिले अस्थायी आवासमा बस्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सरकारको सहयोग बिना घर बनाउने त सपना मात्रै हुन्छ । सरकारले सहयोग गर्ने आशा गरेका छौँ ।’’

गत वर्ष बिते पनि पहिलो किस्ताका लागि दार्मा गाउँपालिकामा अहिलेसम्म पाँच करोड ९७ लाख मात्र आएको हो । रकम अभावका कारण सबैलाई पहिलो किस्ता बापतको रकम दिन नसकेको गाउँपालिकाले जनाएको छ । दार्मा गाउँपालिका(२ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओली स्थानीय तहले खोज उद्धार र राहतका काम गरे पनि पुनर्निर्माण गर्न स्थानीय सरकारले नसक्ने भएको संघ र प्रदेशले छिटो काम गर्नुपर्ने बताउनुभयो ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...