पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिवद्धता

Published on

काठमाडौं । पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान आतङ्कवादको खतरा उन्मूलन गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ । अफगानीस्तान र पाकीस्तानले गत बुधबार रमजानको समापन र ईद अल-फितरका लागि एक हप्ताको युद्वविराम घोषणा गरी सोमबार मध्यरातसम्म अस्थायी युद्धविराम गर्न सहमत भएका थिए । विदेश मन्त्री दारले विज्ञप्ती जारी गर्दै पाकिस्तान आतङ्कवादलाई उन्मूलन गर्न दृढ प्रतिबद्ध रहेको बताउनु भएको छ । आइतवार, तालिबान सरकार र एक चिकित्सा स्रोतले कुनार प्रान्तमा पाकिस्तानले गरेको आक्रमणमा एक जनाको मृत्यु भएको बताएको छ । काबुलले आफ्नो क्षेत्रमा सीमापार आक्रमणको लागि चरमपन्थीलाई शरण दिएको इस्लामाबादको दाबीलाई लिएर अफगानिस्तान र पाकिस्तान महिनौँदेखि द्वन्द्वमा छन् । तालिबान अधिकारीले भने उक्त दावीलाई अस्वीकार गरेका छन् ।

गत सोमबार काबुलको लागुऔषध पुनः स्थापना केन्द्रमा पाकिस्तानी आक्रमण पछि ईदको युद्धविराम भएको थियो, जसमा अफगान अधिकारीले ४०० भन्दा बढीको ज्यान गएको बताएका थिए । फेब्रुअरीमा सुरु भएको झडप खाडी राज्यहरू र चीन लगायतको मध्यस्थता प्रयासबिच निरन्तर चलिरहेको जनाइएको छ । पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री शाहबाज सरिफले सोमबार अफगानिस्तानमा सैन्य कारबाही आतङ्कवाद विरुद्धको राष्ट्रिय संकल्प उल्लेख गर्नु भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...