कविडाँडा आख्यान पुरस्कार प्रा. कृष्ण गौतमलाई

Published on

काठमाण्डौँ । कविडाँडा आख्यान पुरस्कार २०८० आख्यानकार प्राध्यापक कृष्ण गौतमलाई प्रदान गरिएको छ । कविडाँडा साहित्य समाज चितवनले शनिबार सौराहामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा प्रा. गौतमको अद्धैत उपन्यासका लागि सो पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा समाजका अध्यक्ष एल वि क्षेत्रीले पुरस्कृत श्रष्टालाई दोसल्ला ओढाइ सम्मान पत्र र नगद पुरस्कारले सम्मान गर्नुभएको हो । पुरस्कारको राशि एक लाख २५ हजार रुपियाँ रहेको छ । साहित्यका क्षेत्रमा चितवनमा स्थापित आख्यान पुरस्कारको राशि यो नै बढी हो ।

सो अवसरमा बोल्दै अध्यक्ष क्षेत्रीले अद्धेत उपन्यासले समाजमा दिन खोजेको सन्देशका बारेमा चर्चा गर्नुभएको थियो । समीक्षक डा. एक नारायण पौडेलले अद्धेत उपन्यास माथि समीक्षा गर्दै अद्धेत वर्षभरिकै उत्कृष्ट आख्यान भएको बताउनुभयो । कार्यक्रममा बोल्दै लेखक प्रा. गौतमले सम्मानले आफूलाई नयाँ पुस्तकको सिर्जनामा थप प्रेरणा जागेको बताउनुभयो । कार्यक्रममा समीक्षक महेश पौडेलले पनि उपन्यास माथि बोल्नु भएको थियो । प्रा. गौतमको उपन्यास अद्धेतलाई यस अघि पद्मश्री पुरस्कारबाट सम्मान गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...