आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्न कार्यदल

Published on

त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागमा आंशिक प्राध्यापकका रूपमा कार्यरत व्यक्तिलाई करार बनाउन तीन सदस्यीय अध्ययन टोली गठन गरिएको छ । प्राडा योगेन्द्रबहादुर गुरुङको संयोजकत्वमा गठन गरिएको टोलीले आङ्गिक क्याम्पस तथा विभागमा स्थलगत अध्ययन गरेर शिक्षाध्यक्षको कार्यालयलाई प्रतिवेदन पेस गर्ने छ । विश्वविद्यालयमा हाल कार्यरत स्थायी, अस्थायी र करार सेवाका प्राध्यापकले पूर्ण कार्यभार अनुसार पढाएर बाँकी रहेका दरबन्दीमा आंशिक रूपमा पढाइरहेका व्यक्तिलाई मात्रै करार सेवामा शिक्षण सहायक पदमा नियुक्त गरिने छ । 

त्रिवि शिक्षाध्यक्ष कार्यालयका प्रमुख गोविन्दबहादुर थापाका अनुसार उक्त टोलीको प्रतिवेदनका आधारमा शिक्षण सहायक कार्यविधि निर्माण गरेर प्रक्रिया अघि बढाइने छ । आंशिक प्राध्यापकलाई करार सेवामा नियुक्त गर्ने विषयमा त्रिवि कार्यकारी परिषद्को गत साउन २३ गतेको बैठकले निर्णय गरेको थियो । त्रिविमा आंशिक रूपमा कार्यरत प्राध्यापकले करार सेवामा नियुक्तिको माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । यस विषयमा विश्वविद्यालय प्रशासन र आंशिक प्राध्यापकबिच पटक पटक सम्झौतासमेत भएको थियो ।  आर्थिक रूपमा निकै कमजोर बन्दै गएको त्रिविमा आंशिक प्राध्यापकलाई करार सेवामा लैजाँदा ठुलो व्ययभार थपिने भन्दै सरोकारवालाले भने असन्तुष्टि जनाउँदै आएका छन् । हाल त्रिविमा दुई हजारको हाराहारीमा आंशिक प्राध्यापक कार्यरत छन् । 

ताजा समाचार

नक्कली परीक्षार्थी पक्राउ, सात दिनको म्याद थप

काठमाडौँ । प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोक सेवा आयोग, पोखरा कार्यालयमा...

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

काठमाडौँ । “अब त यस्तो लाग्न थालिसक्यो, एक दिन जङ्गल नपस्दा र जङ्गली जनावर...

राजकाँडा धुलीकोट ऐतिहासिक पर्यटकिय स्थल ओझेलमा

काठमाडौँ । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ७ मा एउटा ऐतिहासिक भग्नावशेष छ । जसलाई...

अव्यवस्थित सहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित सहरीकरणले विश्वमै समस्या ल्याएको र...