आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्न कार्यदल

Published on

त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागमा आंशिक प्राध्यापकका रूपमा कार्यरत व्यक्तिलाई करार बनाउन तीन सदस्यीय अध्ययन टोली गठन गरिएको छ । प्राडा योगेन्द्रबहादुर गुरुङको संयोजकत्वमा गठन गरिएको टोलीले आङ्गिक क्याम्पस तथा विभागमा स्थलगत अध्ययन गरेर शिक्षाध्यक्षको कार्यालयलाई प्रतिवेदन पेस गर्ने छ । विश्वविद्यालयमा हाल कार्यरत स्थायी, अस्थायी र करार सेवाका प्राध्यापकले पूर्ण कार्यभार अनुसार पढाएर बाँकी रहेका दरबन्दीमा आंशिक रूपमा पढाइरहेका व्यक्तिलाई मात्रै करार सेवामा शिक्षण सहायक पदमा नियुक्त गरिने छ । 

त्रिवि शिक्षाध्यक्ष कार्यालयका प्रमुख गोविन्दबहादुर थापाका अनुसार उक्त टोलीको प्रतिवेदनका आधारमा शिक्षण सहायक कार्यविधि निर्माण गरेर प्रक्रिया अघि बढाइने छ । आंशिक प्राध्यापकलाई करार सेवामा नियुक्त गर्ने विषयमा त्रिवि कार्यकारी परिषद्को गत साउन २३ गतेको बैठकले निर्णय गरेको थियो । त्रिविमा आंशिक रूपमा कार्यरत प्राध्यापकले करार सेवामा नियुक्तिको माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । यस विषयमा विश्वविद्यालय प्रशासन र आंशिक प्राध्यापकबिच पटक पटक सम्झौतासमेत भएको थियो ।  आर्थिक रूपमा निकै कमजोर बन्दै गएको त्रिविमा आंशिक प्राध्यापकलाई करार सेवामा लैजाँदा ठुलो व्ययभार थपिने भन्दै सरोकारवालाले भने असन्तुष्टि जनाउँदै आएका छन् । हाल त्रिविमा दुई हजारको हाराहारीमा आंशिक प्राध्यापक कार्यरत छन् । 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...