होमस्टेलाई थारू कला संस्कृतिको अध्ययन केन्द्र बनाइँदै

Published on

काठमाण्डौँ । नेपालगन्जबाट २४ किलोमिटर उत्तर सुर्खेत रोडको नजिकमा रहेको गाभर भ्याली होमस्टे पश्चिम नेपालका थारु समुदायको कला र संस्कृतिको अध्ययन अनुसन्धान केन्द्रका रुपमा विकसित हुँदै गएको छ । गाभर भ्यालीमा रहेका होमस्टेमा थारू समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएको हेल्का, डेल्या, हलो, जुवा, छत्री, जाल, जब्या, डोन्या(दुना), टपरी, तेल पेल्ने कोल, ढिकी, जाँतोजस्ता पौराणिक सामग्री अवलोकन गर्न पाइने व्यवस्था मिलाइएको होमस्टेका सञ्चालक कृष्णलाल चौधरीले बताउनुभयो । उहाँले गाभरका होमस्टेमा विभिन्न थरीका परिकार पाइने भए पनि विशेषगरी थारू परिकारलाई प्राथमिकता दिएको जनाउँदै यो क्षेत्रलाई थारू परिकार र सत्कार पाइने होमस्टेका रूपमा विकास गरेको बताउनुभयो ।

होमस्टेका सञ्चालक चौधरीका अनुसार घर नम्बर १ होमस्टेले थारू समुदायमा प्रचलित देवीदेवताको मूर्ति र चित्र हेर्ने व्यवस्था गरेको छ । सो होमस्टेमा थारू संस्कृति र संस्कारसँग सम्बन्धित मूर्ति तथा लत्ताकपडा अवलोकन गर्न सकिन्छ । उहाँले सो होमस्टे थारू कला संस्कृतिको अध्ययन, अनुसन्धान गर्नेहरूका लागि उचित स्थान बनेको बताउनुभयो । होमस्टेमा थारु समुदायको कला र संस्कृति झल्किने वस्तुहरु राखिएर अवलोकनको व्यवस्था मिलाइएपछि सो अवलोकनका लागि देशभरिबाट विशेषगरी थारु समुदायका अगुवालगायत अन्यहरु पनि त्यहाँ आउने क्रम बढेको गाभर भ्याली होमस्टे सञ्चालक समितिले जनाएको छ । चारैतर्फ पहाडले घेरिएको सुन्दर भ्याली गाभर पछिल्लो समय होमस्टेका कारण चर्चित बनिरहेको छ । यहाँका होमस्टेहरु विशेषगरी रैथाने परिकारका लागि चर्चित छन् ।

सञ्चालक चौधरीका अनुसार होमस्टेले वातावरण संरक्षणलाई समेत विशेष जोड दिएको छ । होमस्टे परिसरमा विभिन्न थरीका फलफूलका बोट र बिरुवाको अवलोकन गर्दै आनन्द लिन सकिने व्यवस्था मिलाइएको छ । होमस्टे परिसरमा अर्जुन, पारिजात, सतिसाल, विजयसाल, धुपीसाल, सतिवन, कपुर, कदम, मौवा, असना, हर्रो, अमला, मालु, बोतलब्रास, सेरी, कचरी, शीतलचिनी, सुनाखरी, अम्लिसो, चमेली, कटहर, लिची, पीपल लगायत विभिन्न जातका कागती, जामुन, निम, बकाइनो, गुलमोहर लगायत फलफूलका बिरुवा लगाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

टी–२० विश्वकप : अस्ट्रेलिया जिम्बाबेसँग स्तब्ध

काठमाडौं । उपाधि दावेदार अस्ट्रेलिया आइसिसी टी–२० विश्वकपमा समूह चरणको आफ्नो दोस्रो खेलमा जिम्बाबेसँग...

मिनी म्याराथनमा बकैयाका गोले प्रथम

काठमाडौं । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा भएको प्रथम बागमती खुला मिनी म्याराथन (दौड) प्रतियोगितामा...

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावित : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढङ्गले सञ्चालन हुन सही सूचना समयमै प्रवाह...

बालमैत्री गण्डकी प्रदेश निर्माण गर्ने प्रतिबद्धता

काठमाडौं । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बालमैत्री...