दाङमा मह उत्पादनमा कमी

Published on

काठमाडौँ । घोराही उपमहानगरपालिका–१५ काठेकोहलस्थित शिवशक्ति बी कन्सर्नका सञ्चालक विष्णु श्रेष्ठले एक सय ५० गोला मौरी पालन गर्नुभएको छ । वार्षिक पाँच टनको हाराहारीमा मह उत्पादन गर्दै आउनुभएका श्रेष्ठले यो उत्पादन घटेको बताउनुहुन्छ । उत्पादन गर्ने मात्रै नभएर अन्य किसानको मह खरिद गरेर प्रशोधन गरी जिल्ला बाहिर पठाउने काम गर्दै आउनुभएका श्रेष्ठले भन्नुभयो, ‘‘गत वर्ष उत्पादन भएको मह खपत कम हुँदा अहिले उत्पादन कम भएको छ ।’’ उहाँका अनुसार कम्तीमा २५ प्रतिशतले महको उत्पादनमा कमी आउने अवस्था छ ।

नेपाल मौरीपालक महासङ्घ दाङका अनुसार गत वर्ष जिल्लामा पाँच सय टनभन्दा बढी मह उत्पादन भएको थियो । घोराहीकै अर्का व्यवसायी दीपक श्रेष्ठको राईजीङ बी एपीएरीमार्फत एक सय ८० घारभन्दा बढी मौरी पालन गर्दै आउनुभएको छ । वार्षिक ६/७ टन मह उत्पादन हुने गरेपनि यो वर्ष कम भएको बताउनुहुन्छ । असोजमा पानी पर्दा चिउरी र तोरीको मह घटेको भन्दै उहाँले भन्नुभयो, ‘‘अहिले माहुरीको घारमा पोहोरको जस्तो मह छैन । जस्ले गर्दा जिल्लामा समग्र महको उत्पादन घट्ने देखिन्छ ।’’ दाङमा मौरी व्यवसायी पाँच सयभन्दा बढी रहेको नेपाल मौरीपालक महासङ्घ दाङले जनाएको छ । मौरीमै निर्भर रहेका पूर्ण व्यावसायिक मौरी पालकको सङ्ख्या एक सय ७५ रहेको महासङ्घले जनाएको छ ।

महासङ्घले सबै व्यवसायीको अवस्था बुझ्दा यसवर्ष दाङमा मह उत्पादन घट्ने आँकलन गरिएको जनाएको छ । नेपाल मौरीपालक महासङ्घ दाङका अध्यक्ष दिनेश वलीले वनमा स्रोत नै कम भएका कारण मह उत्पादन घट्ने देखिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘हामीले पोहोर साल चिउरीकै मह छ लटसम्म निकालेका थियौं तर यो वर्ष दुई/तीन लट मात्रै आउने देखिन्छ । यसले गर्दा समग्रमा जिल्लामा २५/३० प्रतिशतले महको उत्पादन घट्न सक्छ ।’’

उहाँले बजारीकरणमा भने भारतीय महका कारण समस्या भएको बताउनुहुन्छ । वैध रुपमा आयातमा रोक लगाएपनि अवैध रुपमा भारतीय मह भित्रिरहँदा मह नबिक्ने समस्या रहेको बताउनुहुन्छ । ग्राहकले शुद्ध महभन्दा पनि सस्तो मह खोज्ने र जसले गर्दा स्थानीय किसानले उत्पादन गरेको मह नबिक्ने समस्या रहेको भन्दै भन्नुभयो, ‘‘किसानले शुद्ध र राम्रोभन्दा पनि सस्तो मह खोज्दा व्यवसायी समस्यामा परेका छन् । मह नबिक्ने समस्या देखिने गरेको छ ।’’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ दाङका अनुसार मौरी जोन कार्यक्रमले पनि गत वर्षको तुलनामा उत्पादकत्व कम हुने अनुमान गरेको छ । मौरी जोन कार्यक्रमकी प्रमुख नारायणी घर्तीले यस वर्ष चिउरी फुल्ने बेला परेको असिनापानीका कारण अहिले मह उत्पादन कम देखिएको बताउनुभयो । उहाँले चरन क्षेत्र घट्दा मह उत्पादनमा असर गरेको बताउनुभयो । मौरी जोन क्षेत्र तोकिएको घोराही, तुलसीपुर र बङ्गलाचुलीमा मात्रै १२ हजार ७६ घार मौरी रहेको मौरी जोन कार्यक्रम प्रमुख घर्तीले बताउनुभयो ।

घोराही उपमहानगरपालिकामा आठ हजार एक सय ३३ घार, तुलसीपुरमा तीन हजार सात सय घार र बङ्गलाचुलीमा दुई सय ४२ घार मौरी पालन गरिएको सरकारी तथ्याङ्क छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ दाङको मौरी जोन कार्यक्रमले दिएको जानकारी अनुसार घोराहीमा मात्रै दुई सहकारी र दुई समूहसहित एक सय ११ मौरी व्यवसायी छन् । गोरखापत्र

spot_img

ताजा समाचार

नेक्सस कबड्डी कप २०८३ सम्पन्न

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा सञ्चालन भएको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो...

बाढी प्रभावितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड...

नयाँ प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता...

माइक्रो बसमा अचानक आगलागी

काठमाडौँ । कोहलपुरबाट कैलालीतर्फ गइरहेको ईभी माइक्रो बसमा आइतबार बिहान अचानक आगलागी भएको छ।...