कांग्रेसको वडा अधिवेशन: ४३ जिल्लाका ३ हजार ३९६ वडामा निर्वाचन सम्पन्न

Published on

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म आयोजना हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा सुरु भएको जनाएको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचन कार्यक्रमअन्तर्गत ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भई निर्वाचनसमेत सम्पन्न भएको छ। ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, रुकुमपश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा वडा अधिवेशन सम्पन्न भएको हो।

केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार आज सम्पन्न वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा वडा अधिवेशन भोलि असोज ४ गते पनि जारी रहने कटुवालले जानकारी दिए। कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म आयोजना गर्ने कार्यतालिका रहेको छ। वडा अधिवेशनबाट चयन हुने प्रतिनिधिले आगामी महाधिवेशनका लागि नेतृत्व चयन प्रक्रियामा सहभागिता जनाउनेछन्।

spot_img

ताजा समाचार

उपहार खबरका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त

काठमाडौं – उपहार मिडिया नेटवर्क प्रालि तथा उपहार खबर अनलाईन पत्रिकाका सञ्चालक तथा सम्पादक...

विद्यालय शिक्षा विधेयकको मसौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

काठमाडौँ-  विद्यालय शिक्षा विधेयकको मसौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय...

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न गरी शनिबार साँझ स्वदेश...

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...