साहित्यको विकासका लागि ‘सङ्घर्ष संगाती’ कार्यक्रम सुरु

Published on

काठमाडौँ । पश्चिम नेपालमै साहित्यको विकासका लागि क्रियाशिल संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले यस क्षेत्रको साहित्यलाई थप अगाडि बढाउन ‘सङ्घर्ष संगाती’ कार्यक्रम सुरु गरेको छ । साहित्यको क्षेत्रमा विशेष परिचय बनाएका साहित्यकारहरुको वैयक्तिक सम्बन्ध, साहित्य यात्रा, शिक्षा आदि क्षेत्रका सँगसँगै योगदान र सङ्घर्षबारे अन्तरङ्ग संवाद गर्न सङ्घर्ष संगाती कार्यक्रम सुरु गरिएको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष पुष्कर रिजालले बताउनुभयो । उहाँले सङ्घर्षबाट सफलताको बाटोमा लम्केका साहित्यिक व्यक्तित्वहरूका अनुभव अरूहरूका लागि पनि प्रेरणा बनुन् भन्ने उद्देश्यले यस्तो कार्यक्रम पहिलो पटक सुरु गरिएको जानकारी दिनुभयो ।

‘सङ्घर्ष संगाती’ कार्यक्रमको पहिलो कार्यक्रममा कोहलपुरमा रहेर विगत लामो समयदेखि साहित्यको क्षेत्रमा सक्रिय रहनुभएका महानन्द ढाकाल र सुमित्रा न्यौपानेको अन्तरङ्ग संवाद प्रस्तुत गरियो । ढकाल नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हुनुहुन्छ भने साहित्यकार न्यौपाने कोहलपुर वाङ्मय प्रतिष्ठानकी अध्यक्षसँगै शिक्षण पेशामा सक्रिय हुनुहुन्छ । कार्यक्रममा उहाँ दुबैले आफ्नो बाल्यकाल, किशोर अवस्था, विवाह, साहित्य यात्रा र जीवनशैलीका साथै शिक्षण अनुभवलाई खुलरै सुनाउनुभयो ।

कार्यक्रममा सहभागी साहित्यकारको सो जोडीले विभिन्न स्तरीय साहित्यिक कृति प्रकाशन गरेका छन् । सो कार्यक्रममा बाँकेका ६ दर्जनभन्दा बढी साहित्यिक तथा शिक्षा क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो । कार्यक्रम निकै नौलो र रोचक रहेको जनाउँदै यस्ता कार्यक्रमबाट भर्खरै साहित्य क्षेत्रमा पाइला टेकेका र अन्यलाई पनि धेरै कुरा सिक्ने अवसर मिल्ने सहभागी साहित्यकार केशव निमेषले बताउनुभयो । उहाँले कोहलपुरमा पश्चिम नेपालमै सबैभन्दा बढी साहित्यिक गतिविधि र कार्यक्रम हुने गरेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...