कालिगण्डी करिडोरले पाल्पाको रामपुरकाे ठूलाे सम्भावना: गृहमन्त्री रमेश लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कालिगण्डी करिडोरले पाल्पाको रामपुरकाे ठूलाे सम्भावना रहेको बताउनु भएकाे छ । बुधबार इलाका प्रशासन कार्यालय रामपुरकाे नवनिर्मित भवन उद्घाटन समारोहमा गृहमन्त्री लेखकले चीन र भारतलाई जाेड्ने बाटाेमा रामपुर भन्दै सुन्दर भविष्य र सम्भावना रहेको  बताउनुभयाे ।

भवनकाे उद्घाटन मात्र उपलब्धि नभएको भन्दै सेवा प्रवाह प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्रीको जाेड थियोे । “जिल्ला प्रशासन कार्यालयबाट पाउने सबै सेवा पाउने व्यवस्था गरिने छ । कर्मचारीकाे अभावले सेवा प्रवाहमा कुनै समस्या हुने छैन । याे सरकारकाे पहिलो प्राथमिकता नागरिकको सेवा गर्नु हाे । याे त्यसैले बनेकाे हाे,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्माले सहजरूपमा नागरिकलाई सेवा प्रवाह गर्न आफूहरूलाई निर्देशन दिनुभएको उहाँको भनाइ छ । पूर्वगृहमन्त्री रवि लामिछानेलाई रहरले नभइ अनुसन्धान गर्नका लागि ठाउँ-ठाउँ घुमाइएकाे गृहमन्त्री लेखकले बताउनुभयाे । “जतिसुकै ठूलाे मान्छे भए पनि अनुसन्धान हुन्छ । सबैमाथि अनुसन्धान  हुन्छ । सरकारले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन काम गर्न लागि परेकाे छ । त्यहीँ अनुसार अनुसन्धान भइरहेको छ ,” उहाँले भन्नुभयो । राष्ट्रिय एजेन्डालाई सम्बाेधन गर्न दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेकाे इतिहास केलाउँदै गृहमन्त्री लेखकले दिगाे शान्ति, विकास र सुशासन कायम गर्न वर्तमान सरकार बनेकाे बताउनुभयो । कांग्रेस र एमाले मिल्दा सबै क्षेत्रमा आत्माविश्वास बढेकाे संक्रमणकालीन न्यायकाे विषयलाई टुंग्याउने गृहकार्यमा सरकारले लागिपरेको उहाँको भनाइ छ ।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...