बार्सिलोनालाई एट्लेटिकोको झट्का

Published on

काठमाडौँ । स्पेनिस ला लिगाको उपाधि होडमा रहेको बार्सिलोनालाई अर्को बलियो टोली एट्लेटिको म्याड्रिडको नमिठो झट्का लागेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई २–१ गोलले हरायो । बार्सिलोनालाई घरेलु मैदानमा हराउन एट्लेटिकोका रोड्रिगो डी पउल र एलेक्सजेन्डर सोर्लोथले गोल गर्नुभयो । बार्सिलोनाका लागि पोड्रीले गोल गर्नुभयो ।

खेलमा सुरुवाती अग्रता बार्सिलोनाले लिएको थियो । पोड्रीले ३०औँ मिनेटमा गोल गर्दै टोलीको उत्साह जगाउनुभयो । त्यसपछि पउलले ६०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । दोस्रो हाफको इन्जुरी समयमा सोर्लोथले गोल गर्दै एट्लेटिकोलाई जिताउनुभयो । एट्लेटिको ला लिगामा १८ वर्षपछि बार्सिलोनालाई उसैको मैदानमा हराएको हो । जितसँगै एट्लेटिको तालिकाको शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोनाले १८ खेलबाट ४१ अङ्क बनाएको छ । हारसँगै १९ खेलबाट ३८ अङ्क बनाएको बार्सिलोना दोस्रो स्थानमा झरेको छ । एजेन्सी

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...