बार्सिलोनालाई एट्लेटिकोको झट्का

Published on

काठमाडौँ । स्पेनिस ला लिगाको उपाधि होडमा रहेको बार्सिलोनालाई अर्को बलियो टोली एट्लेटिको म्याड्रिडको नमिठो झट्का लागेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई २–१ गोलले हरायो । बार्सिलोनालाई घरेलु मैदानमा हराउन एट्लेटिकोका रोड्रिगो डी पउल र एलेक्सजेन्डर सोर्लोथले गोल गर्नुभयो । बार्सिलोनाका लागि पोड्रीले गोल गर्नुभयो ।

खेलमा सुरुवाती अग्रता बार्सिलोनाले लिएको थियो । पोड्रीले ३०औँ मिनेटमा गोल गर्दै टोलीको उत्साह जगाउनुभयो । त्यसपछि पउलले ६०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । दोस्रो हाफको इन्जुरी समयमा सोर्लोथले गोल गर्दै एट्लेटिकोलाई जिताउनुभयो । एट्लेटिको ला लिगामा १८ वर्षपछि बार्सिलोनालाई उसैको मैदानमा हराएको हो । जितसँगै एट्लेटिको तालिकाको शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोनाले १८ खेलबाट ४१ अङ्क बनाएको छ । हारसँगै १९ खेलबाट ३८ अङ्क बनाएको बार्सिलोना दोस्रो स्थानमा झरेको छ । एजेन्सी

spot_img

ताजा समाचार

देउवा समूहको कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको तयारी तीव्र

काठमाडौँ –  नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको...

कांग्रेस पुरानो पार्टी हो तर फाटेको होइन, यसमा नयाँ जोसका साथ हामी अघि बढ्दै छौँ : शशांक कोइराला

काठमाडौँ – नेपाली कांग्रेस इतर समूहको महाधिवेशन तयारी समितिका संयोजक प्राध्यापक डा. शशांक कोइरालाले...

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री शाह

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किनुभएको...

आज पनि विभिन्न राजमार्ग सञ्चालनमा ल्याउन सकिने अवस्था छैनः प्रहरी

काठमाडौँ - लगातारको वर्षाका कारण देशका मुख्य राजमार्गमा यातायात प्रभावित बनेको छ । वर्षाका...