माझी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

Published on

काठमाडौँ । तामाकोशी नदी किनारमा बस्दै आएका रामेछापका माझी समुदायको पुर्ख्यौली पेसा पूर्ण रुपमा विस्थापित हुने अवस्था पुगेको छ । तामाकोशीमा माछा पाउन छाडेपछि माछा मारेरै आफ्नो जीविकोपार्जन गर्दै आएका युवाहरू वैदेशिक रोजगारीमा जाँदा र अन्य पेशा व्यवसायमा लाग्दा माझी समुदाय पुर्ख्यौली पेसा नै सङ्कटमा परेको हो ।

अर्कोतर्फ गैर कानुनी रूपमा करेन्ट लगाएर माछा मार्ने समूह सक्रिय हुँदा र ठाउँ ठाउँमा मोटररेवल पुलहरू बन्दा डुङ्गा तार्ने र माछा मारेर जीविकोपार्जन गर्ने माझी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा परेको माझी समुदायको गुनासो छ ।

पछिल्लो समय माझी समुदायका युवाहरू आफ्नो पुर्ख्यौली पेसा छाडेर नेपाल प्रहरी, नेपाली सेनामा जागिरे हुने, वैदेशिक रोजगारीमा जाने र भैँसी तथा बाख्रा पालन तथा विभिन्न पेसा व्यवसायमा आबद्ध हुने क्रम पनि बढ्दो रहेको मन्थली नगरपालिका–८ चिसापानी गाइखुराका सुरेश माझीले बताउनुभयो । वडा सदस्य समेत रहनुभएका माझीका अनुसार विभिन्न कारणले तामाकोशी नदीमा माछा पाइन छोडेपछि कोशी किनारमा बसोबास गर्ने माझी समुदायका युवाहरू वैदेशिक रोजगारी, अन्य पेसा व्यवसाय र महिलाहरू किनारा पसल लगायतका पेसामा लागेका छन् ।

गैर कानुनी रूपमा करेन्ट लगाएर माछा मार्ने क्रम बढेका कारण माझी समुदायको पुर्ख्यौली पेसा पूर्णरुपमा विस्थापित हुने अवस्थामा पुगेको मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले पहिले जस्तो माझी समुदायको पुर्ख्यौली पेसामा छैनन् । कहीँ कतै जाल हानेको देखिन्छ । गैर कानुनी रूपमा करेन्ट लगाएर माछा मार्ने समूह सक्रिय भएका छन् । यसको नियन्त्रणका लागि वडा कार्यालयले सम्बन्धित ठाउँमा जानकारी गराएको छ ।” गैर कानुनी रूपमा करेन्ट लगाएर माछा मार्ने समूहलाई कानुनी कठघरामा ल्याउनका लागि वडाले निगरानी बढाएको उहाँले बताउनुभयो ।

तामाकोशी नदी किनारमा बस्ने माझी समुदायका मानिसहरू पुर्ख्यौली पेसा छोडेर कतिपय वैदेशिक रोजगारीमा गएका छन् भने केही इँटाभट्टा लगायत अन्य पेसा व्यवसायमा लागेका छन् । नेपालको सीमान्तकृत जातिमा पर्ने माझी समुदायको आफ्नो भाषा, संस्कार संस्कृति लोप हुँदै गइरहेको अवस्थामा केही वर्ष अगाडिसम्म रामेछापका माझी समुदायले आफ्ना भाषा, संस्कार, संस्कृति र रीतिरिवाजको संरक्षण गर्दै आएका थिए ।

तर आफ्नो पुर्ख्यौली पेसाबाटै विस्थापित हुन थालेपछि यो समुदायको आफ्नो भाषा, संस्कार संस्कृति जोगाउने सक्रियता पनि घट्दै गएको छ । स्थानीय सरकारले पनि माझी समुदायका पुर्ख्यौली पेसा जोगाउँदै उनीहरूको भाषा, संस्कारको संरक्षणका गर्ने खालका कार्यक्रमहरू बनाउन सकेको छैन । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...