सूर्यदर्शन सहकारी : छविको बयान सुरु

Published on

काठमाडौँ । जिल्ला अदालत कास्कीमा सोमबारबाट पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेसहित प्रतिवादीको बयान र थुनछेक बहस सुरु भएको छ । आइतबार ४४ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अभियोगपत्र दर्ता गरेपछि सोमबारबाट बयान सुरु भएको हो । न्यायाधीश नीतिज राईको इजलासमा सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीसम्बन्धी मुद्दा परेको छ । गोरखा मिडिया नेटवर्कका पूर्वउपाध्यक्षसमेत रहनुभएका छविलाल जोशीको बयान लिन सुरु भएको हो ।

जोशी पूर्व प्रहरी नायब महानिरीक्षकसमेत हुनुहुन्छ । जोशीकै निवासबाट प्रहरीले सहकारीको सफ्टवेयर बरामद गरेको थियो । आइतबार कार्यालय समय अभियोगपत्र दर्ता गर्दै सकिएपछि सोमबारबाट बयान लिन थालिएको हो । जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले न्यायाधीशले मिसिल अध्ययन गरेपछि बयान सुरु भएको जानकारी दिनुभयो ।

“अहिले छविलाल जोशीको बयान सुरु भएको छ,” अधिकारीले भन्नुभयो । जोशीलाई असोज ६ गते काठमाडौंबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । न्यायाधीश राईको इजलासबाट बयानदेखि थुनछेक बहससम्मको निर्णय हुनेछ । थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारिखमा छाड्नेमध्ये एक निर्णय हुने छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ३१ व्यक्ति, आठ कम्पनी र जफत प्रयोजनका लागि पाँच व्यक्ति गरी ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेसहित पूर्वउपाध्यक्ष छविलाल जोशी, कर्मचारी लीला पछाई, कृष्ण गुरुङ र रामबहादुर खनालको बयान हुनेछ ।

सूर्यदर्शन सहकारीमा पूरक र थप सबै गरी ६३ जना प्रतिवादी कायम भएका छन् । लामिछाने लगायतलाई सम्पत्ति शुद्धिकरण, सहकारी ठगी र सङ्गठित अपराध अभियोग लगाइएको छ । सम्पत्ति शुद्धिकरणमा लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँको मागदाबी लिइएको छ । जोशीविरुद्ध भने ७४ करोड ३४ लाख सात हजार एक सय ५५ रुपियाँ बिगो कायम गरिएको छ ।

कास्की प्रहरीले सूर्यदर्शन सहकारीको ठगीबारे तीन महिनाभन्दा बढी समयको अनुसन्धानपछि पुस २ गते सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाएको थियो । अभियोगपत्रमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ रुपियाँ बिगो मागदाबी लिइएको छ ।

सूर्यदर्शन प्रकरणमा रामबहादुर खनाल, दीपेशकुमार पुन, नेत्रपाणि बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, विश्वविक्रम राई, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई र ओमप्रकाश गुरुङलाई प्रतिवादी बनाइएको छ ।

यस्तै, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठ, ज्ञानबहादुर बम्जन, मीना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लीलाबहादुर गुरुङ, पेशलकुमार राई, कृष्णबहादुर गुरुङ, देवकुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मीप्रसाद पौडेलविरुद्ध पनि मुद्दा दर्ता भएको छ । यसअघि मूल अभियोगमा सहकारी ठगीका मुख्य योजनाकार गीतेन्द्रबाबु(जिबी) राईसहित १९ जना विरुद्ध शुक्रबार नै थप अभियोग दर्ता भइसकेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

काठमाडौं । उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि चयन गर्ने घोषणा...

अष्ट्रेलियामा कँडेल कपको तयारी

काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा मार्च ७ र ८ तारिख हुने १५औँ कँडेल मन्सल्टेन्सी कप फुटबलको...

बाजुरामा सवारी साधन सञ्चालनमा रोक

काठमाडौं । बाजुरामा फागुन २० गते राती १२ बजे देखि सवारी साधन सञ्चालनमा पूर्ण रोक...

अमेरिकाद्वारा पाकिस्तानी दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न आदेश

काठमाडौं । अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश दिएको छ, भने...