तीन छात्राद्वारा विष सेवन, एकको मृत्यु

Published on

काठमाडौँ । बर्दिवास ११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका एकसाथ विष सेवन गरेका तीन जना छात्रामध्ये एक छात्राको मृत्यु भएको छ । प्रहरीका अनुसार विष सेवनबाट सिराहा धनगढी नगरपालिका १० घर भएकी १७ वर्षीया छात्रा रिङ्कु शर्माको मृत्यु भएको हो । शर्मालाई मङ्गलबार बिहान बर्दिवासस्थित इलाका प्रहरीले पौने १२ बजेतिर बर्दिवास ४ स्थित जङ्गली क्षेत्रबाट अचेत अवस्थामा उद्धार गरी बर्दिवास अस्पताल पुर्‍याएको थियो । अस्पतालका डा। रोशन अधिकारीले अस्पताल पुर्‍याउनु अघि उहाँको मृत्यु भइसकेको जानकारी दिनुभयो ।

रिङ्कु साथै विष सेवन गरेका उषा पण्डित र सन्जु यादवको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । दुवै छात्राको अवस्था सामान्य रहेको अस्पतालका डा। उदय दिवाकरले बताउनुभयो । शिक्षालयका प्रशासकीय अधिकृत दाबा योन्जनले विष सेवन गरेका तीनै जना जियोमेट्री ९अमिन० विषयको प्रथम वर्षका छात्रा रहेको बताउनुभयो । विष सेवन गर्नुपर्ने एकिन कारण खुल्न सकेको छैन । तर एकजना छात्राको टेस्ट परीक्षा बिग्रेको पीडामा विष सेवन गरेको प्रारम्भिक सोधपुछमा खुलेको छ ।

शिक्षालयले केही दिनअघि लिएको टेस्टमा मृतक रिङ्कुको फिजिक्सको पेपर बिग्रिएका कारण विष सेवन गरेको अस्पतालमा भर्ना हुनुभएको सन्जुले बताउनुभयो । सोमबार बिदाको दिन भएकाले तीनै जना छात्रा गाइड किन्न बर्दिवास बजार गएका थिए । गाइड किनेपछि रिङ्कुले लुकेर विष पनि किनेको अस्पतालमा उपचार गराइरहेका उषा र सन्जुले बताउनुभयो । बर्दिवासबाट खयरमारा फर्कने क्रममा जङ्गली क्षेत्रमा पुगेर रिङ्कुले पहिले आधा सिसी विष सेवन गर्नुभएको थियो । रिङ्कुको करकापमा परेर आफूहरूले पनि एक एक बिर्को सेवन गरेपछि त्यसपछि के भयो थाहा नभएको दुवै छात्राले बताउनुभयो ।

रिङ्कुले विष सेवन गरेपछि ‘म त मरिहाल्छु साथै नमरे तिमीहरूलाई प्रहरीले पक्राउ गरी जेल हाल्छ’ भनेपछि डराएर बाध्य भएर एक एक बिर्को विष सेवन गरेको सन्जुले बताउनुभयो । बर्दिवास प्रहरीका डिएसपी रेवतीरमण पोखरेलले घटनाबारे थप विवरण सङ्कलन र छानबिन भइरहेको बताउनुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...