कांग्रेसभित्र स्वतन्त्रता हुने भए छाडातन्त्र हुँदैन : कांग्रेसका केन्द्रीय सदस्य अमात्य

Published on

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले प्रजातन्त्र भित्र स्वतन्त्रता हुने भए पनि छाडातन्त्र नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन रामेछापले मङ्गलबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै अमात्यले प्रजातन्त्रमा अराजकता नचल्ने बताउनुभएको हो । पार्टीका जिम्मेवार व्यक्तिले पार्टीका आन्तरिक कुरा सामाजिक सञ्जालमा छरपस्ट पार्नु अराजकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी भित्रका कुरा भित्रै छलफल गर्नुपर्छ, बाहिर विवादका कुरा गर्ने काम पार्टी हित विपरीत हो । यो अनुशासनहीन काम हो । यसलाई काँग्रेसले स्विकार्न सक्दैन ।”

काम गर्ने क्रममा विमति रहे भित्रै छलफल गर्नुपर्ने बताउँदै उहाँले अराजक शैलीले छरपस्ट हुँदा पार्टी नचल्ने बताउनुभयो ।
पार्टी भित्रका समस्या समाधान गर्दै प्रजातान्त्रिक हिसाबले पार्टीलाई अझ बलियो र एक ढिक्का बनाउन कांग्रेसले एक सय दिने अभियान सुरु गरेको उहाँको भनाइ छ । कार्यक्रममा कांग्रेस रामेछापका सभापति एवम् सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले देश निर्माणका लागि सबै मिलेर अघि बढ्नु पर्ने बताउनुभयो । सकेसम्म सबैलाई मिलाएर अघि बढ्नु पर्नेमा उहाँको जोड छ ।

तामाङलेले आफ्नो कार्यकालमा रामेछापमा कांग्रेसलाई पहिलो पार्टी बनाउने पनि बताउनुभयो । पार्टी भित्रका राम्रा पक्षलाई प्रवर्द्धन गर्न र कमजोरी हटाउन अभियान सुरु भएको बताउँदै उहाँले आउने निर्वाचनमा एक्ले चुनाव लड्दा पनि काँग्रेसलाई पहिलो पार्टी बनाउने दाबी गर्नुभयो । पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस रामेछापका पूर्व सभापति रामचन्द्र खड्काले सहर केन्द्रित भएका नेता कार्यकर्तालाई गाउँमा पुर्‍याउन कांग्रेसले अभियान सुरु गरेको बताउनुभयो । नेताले मनोमानी ढङ्गले गरेको निर्णय अरूले बोकेर हिँड्न नसक्ने बताउँदै खड्काले सामूहिक निर्णयले पार्टी अघि बढ्ने स्पष्ट पार्नुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...