मकवानपुर-काठमाडौं जोड्ने चखेल-मातातीर्थ सडक १५ दिन बन्द

Published on

काठमाडौँ । मकवानपुर र काठमाडौं जोड्ने चखेल-मातातीर्थ सडक स्तरोन्नतिका लागि १५ दिन बन्द हुने भएको छ । मकवानपुरको महालक्ष्मी खोला–मातातीर्थ सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि उक्त सडक बन्द गरिने भएको हो । बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मकवानपुरबाट मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा सडक बन्द गर्न लागिएको इन्द्रसरोवर गाउँपालिकामा ५ का वडाध्यक्ष दुतराज तितुङले जानकारी दिनुभयो । उहाँका अनुसार महालक्ष्मी खोलादेखि चखेल देउराली हुँदै जाने सडक यही पुस २२ गतेदेखि आगामी माग ७ गतेसम्म बन्द हुनेछ । उक्त सडक खण्डमा हाल स्तरोन्नतिको काम भइरहेको उहाँले बताउनुभयो ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...