बर्दियामा लागुऔषधविरुद्ध प्रदर्शन उग्र, प्रहरीसँग झडपपछि हवाई फायर र अश्रुग्यास प्रयोग

Published on

काठमाडौं । बर्दियाको गुलरिया क्षेत्रमा लागुऔषध कारोबारविरुद्ध गरिएको प्रदर्शन उग्र बन्दा प्रहरी र स्थानीयबीच झडप भएको छ। नेपालगन्ज–गुलरिया सडक खण्ड अवरुद्ध पारेका प्रदर्शनकारीलाई हटाउन पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिन १० राउन्ड हवाई फायर र चार राउन्ड अश्रुग्यास प्रहार गरेको हो। गुलरिया नगरपालिका–११, गणेशपुरमा भएको झडपका क्रममा केही स्थानीयसहित १० जना सुरक्षाकर्मी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि बाध्य भएर बल प्रयोग गर्नुपरेको थियो। घाइतेमध्ये नेपाल प्रहरीका सात र सशस्त्र प्रहरीका तीन जना रहेका छन् भने प्रहरी सहायक हवलदार सन्तोष विकको अवस्था गम्भीर रहेको र उनको जिल्ला अस्पताल बर्दियामा उपचार भइरहेको छ।

स्थानीयका अनुसार लागुऔषधको ओभरडोजका कारण गुलरिया–११ का सुरेश खटिक र बोहरन खटिकको मृत्यु भएपछि आक्रोशित बासिन्दाले सडक अवरुद्ध गरेका थिए। उनीहरूले सीमावर्ती नाका बन्द गर्नुपर्ने माग गर्दै आन्दोलन चर्काएका हुन्। यद्यपि प्रहरीले मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र पुष्टि हुने जनाएको छ। केही दिनयता भारतबाट भित्रिने ब्राउन सुगर, कोरेक्सलगायतका लागुऔषधको प्रयोग बढ्दै गएको र त्यसकै कारण एउटै परिवारका दुई जनाको ज्यान गएको बताइन्छ। सीमावर्ती भारतीय बजारमा अवैध लागुऔषधको सहज उपलब्धताका कारण नेपाली युवाहरू प्रभावित भएको भन्दै स्थानीयले नाका पूर्ण रूपमा बन्द गर्नुपर्ने माग राखेका छन्। स्थानीय अगुवाहरूले सीमावर्ती भारतीय बजार लागुऔषधको केन्द्र बन्दै गएको दाबी गर्दै त्यसलाई नियन्त्रण गर्न कडा कदम चाल्न र संलग्न व्यक्तिमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...