ओमानलाई १० रनले हराउँदै नेपाल विजयी

Published on

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको छ ।

सोमबार अल अमेरतस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८० रन बनाए । उनले ८१ बलमा दुई चौका र दुई छक्का प्रहार गरे ।

त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ६९ रनको योगदान दिए । उनले ६२ बलमा तीन चौका र चार छक्का प्रहार गरे । देव खनालले ५७ रन बनाउँदा इशान पाण्डेले २९ रन जोडे । अन्तिमतिर बासिर अहमदले सात बलमा १७ रन बनाएर नेपालको योगफल उकास्न मद्दत गरे ।

नेपालका लागि रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए । यो साझेदारी नेपाली एकदिवसीय क्रिकेटमा चौथो विकेटका लागि अहिलेसम्मकै उच्च साझेदारी बनेको छ । ओमानका शाह फैसलले पाँच विकेट लिए भने जय ओडेड्राले तीन विकेट झारे ।

ओमानले लक्ष्य नजिक पुग्ने प्रयास गरे पनि नेपालका बलरले अन्तिमसम्म दबाब कायम राखे । नेपालले १० रनको रोमाञ्चक जित निकाल्दै शृङ्खलाको अन्तिम खेलमा सुखद नतिजा हासिल गरेको छ ।

नेपालका ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई-दुई विकेट लिए । ललितले आठ ओभरमा ५३ रन खर्चेर दुई विकेट लिए भने दीपेन्द्रले १० ओभरमा ६० रन दिएर दुई विकेट हात पारे । त्यस्तै, नन्दन यादव र सन्दीप लामिछानेले एक–एक विकेट लिए । नन्दनले १० ओभरमा ५५ रन खर्चिए भने कप्तान सन्दीपले १० ओभरमा ३७ रन मात्रै दिएर किफायती बलिङ गरे । करण केसीले आठ ओभरमा ४१ रन खर्चिए पनि विकेट लिन सकेनन् । गुल्सन झाले चार ओभरमा २० रन खर्चिए ।

spot_img

ताजा समाचार

शीर्ष ६ मा उक्लिन नेपालले आज ओमानलाई हराउनैपर्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम...

आईसीसीको मान्यतापछि एनपीएलमा कडा नियम, विदेशी खेलाडीलाई एनओसी अनिवार्य

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीको...

आज नवरात्रको आठौँ दिन, महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादशैँ तथा नवरात्रको आठौँ दिन आज दसैँघर र पूजाकोठामा नवदुर्गामध्ये आठौँ देवी...

गगनकुमार थापाले लिए सभापति पदको शपथ

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको...