लगातार पाँच कारोबार दिन बढ्यो नेप्से, परिसूचक २६२१ विन्दुमा

Published on

काठमाडौँ । नेपाली शेयर बजार लगातार पाँच कारोबार दिनदेखि उकालो लागेको छ। साताको कारोबारका क्रममा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.३२ अङ्कले बढेर २ हजार ६२१.२६ विन्दुमा पुगेको छ।

आज सबै समूहका उपसूचक बढेका छन्। बैंक, विकास बैंक र निर्जीवन बीमा समूहको उपसूचक एक प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कारोबार भएका कम्पनीमध्ये १८८ वटाको शेयर मूल्य बढेको छ भने ८० वटाको घटेको छ। नौ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

आज सिद्धार्थ बैंकको डिबेन्चर २०८९ को मूल्य सबैभन्दा धेरै १३.२१ प्रतिशतले बढेको छ। समग्र बजार बढे पनि सगरमाथा जलविद्युत् कम्पनीको शेयर मूल्य भने ६.३२ प्रतिशतले घटेको छ।

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो दिन ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा आज ३५४ कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएका छन्।

spot_img

ताजा समाचार

सुदूरपश्चिमको ३७ अर्ब ७० करोडको बजेट प्रमाणीकरण, सरकारी खर्चको बाटो खुल्यो

धनगढी । सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश प्रमुख नजिर मियाँले...

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं, असोज २८ । बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक...

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं - गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। भारतमा...

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजय सिवाकोटीको जित सुनिश्चित

काठमाडौं – नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फ दुई पदका लागि भइरहेको मतगणनामा रामहरि खतिवडा र...