रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

Published on

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ।

ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ–१ मा भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो।

क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। समित गोहेलले ३५, अखिल कुमारले अविजित ३० तथा श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ रनको योगदान दिए।

नेपालका लागि करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रोहित पौडेलको शतकको मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहितले १२७ बलमा आठ चौका र एक छक्कासहित १०१ रन बनाए। गुल्शन झाले ३४ बलमा आक्रामक ४८ रन जोड्दा अर्जुन कुमालले २३ रन बनाए।

क्यानडाका अखिल कुमारले चार विकेट लिए भने सुख्जिन्दर सिंहले तीन र जहिर शिर्जादले दुई विकेट लिए।

यसअघि शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको थियो। लिग–२ मा शीर्ष चारमा पर्ने नेपालको सम्भावना समाप्त भइसकेको अवस्थामा अब टोलीको मुख्य लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु रहेको छ।

यस जितपछि नेपाल ३३ खेलबाट २६ अंक जोड्दै अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। क्यानडा भने ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा झरेको छ।

spot_img

ताजा समाचार

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...

आज पितृ पक्ष समापन, भोलिदेखि बडादशैँ सुरु

काठमाडौँ- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज शनिबार औँसीका दिन दिवंगत पितृका...