अरविन्द कुमार चौधरीलाई ‘गाँधी पीस इन्टरनेसनल मोटिभेसनल अवार्ड २०२६’ प्रदान

Published on

काठमाडौँ । सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका अरविन्द कुमार चौधरी ‘गाँधी पीस इन्टरनेसनल मोटिभेसनल अवार्ड २०२६ नेपाल’बाट सम्मानित भएका छन्। पुरस्कारको दोस्रो संस्करणअन्तर्गत चौधरीलाई ‘बेस्ट सोसल यूथ एक्टिभिस्ट’ अर्थात् उत्कृष्ट सामाजिक युवा अभियन्ताको सम्मान प्रदान गरिएको हो।

काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित विशेष समारोहमा चौधरीलाई सम्मान गरिएको हो। समाज तथा राष्ट्रको उत्थानका लागि पुर्‍याएको योगदान, समर्पण र उपलब्धिको कदरस्वरूप उनलाई उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा जनमत पार्टीका अध्यक्ष एवं पूर्वसांसद डा. सी.के. राउत प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले चौधरीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।

ए.बी.एम.को आयोजनामा भएको समारोहमा ए.बी.एम.का अध्यक्ष अनिल भगत, गणेश बहाडी, भरत बहाडी र सन्तोष कुमार शर्मा लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।

समरी इन्टरनेसनल प्रालि., आभा फाउन्डेसन, एस. राज प्रोडक्सन र मानव सेवा फाउन्डेसन ट्रस्ट लगायत संस्थाको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको मूल नारा ‘विजेताहरूको उत्सव मनाउने, उत्कृष्टताको सम्मान गर्ने र भविष्यलाई प्रेरित गर्ने’ रहेको थियो।

आयोजकका अनुसार चौधरीलाई प्रदान गरिएको यो सम्मान सामाजिक क्षेत्रमा सक्रिय युवा पुस्ताका लागि समेत प्रेरणाको विषय बनेको छ।

spot_img

ताजा समाचार

दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले असोज २३ गतेदेखि सार्वजनिक...

दुर्गा प्रसाईंविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज

काठमाडौं । दुर्गा प्रसाईंको हकमा उनकी श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च...

कांग्रेस महामन्त्रीमा ११ जनाको उम्मेदवारी (नामावली सहित)

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाले उम्मेदवारी दर्ता...

कांग्रेस महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दर्ता...