कांग्रेस महामन्त्रीमा ११ जनाको उम्मेदवारी (नामावली सहित)

Published on

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार भएको मनोनयन दर्तामा खुलातर्फ प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन्।

यस्तै, महिलातर्फ डा. डिला संग्रौला, डिना उपाध्याय र रीता खनालले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसको विधानअनुसार महामन्त्री पदमा खुलातर्फ दुई जना र महिलातर्फ एक जना निर्वाचित हुने व्यवस्था छ। त्यसअनुसार ११ उम्मेदवारमध्ये तीन जना महामन्त्रीमा निर्वाचित हुनेछन्।

महामन्त्री पदका लागि मनोनयन दर्ता मंगलबार दिउँसो १२ बजेदेखि साँझसम्म चलेको थियो। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ।

spot_img

ताजा समाचार

अरविन्द कुमार चौधरीलाई ‘गाँधी पीस इन्टरनेसनल मोटिभेसनल अवार्ड २०२६’ प्रदान

काठमाडौँ । सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका अरविन्द कुमार चौधरी ‘गाँधी पीस इन्टरनेसनल मोटिभेसनल...

दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले असोज २३ गतेदेखि सार्वजनिक...

दुर्गा प्रसाईंविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज

काठमाडौं । दुर्गा प्रसाईंको हकमा उनकी श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च...

कांग्रेस महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दर्ता...