काठमाडौं – नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फ दुई पदका लागि भइरहेको मतगणनामा रामहरि खतिवडा र अजय सिवाकोटीको जित सुनिश्चित देखिएको छ। ६ हजार ६४९ मत गणना हुँदा खतिवडाले २ हजार ७८८ मत प्राप्त गर्दै पहिलो स्थानमा रहनुभएको छ।
त्यस्तै, अजय सिवाकोटी २ हजार ७२ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ। दुई जना निर्वाचित हुने खुला सहमहामन्त्री पदमा खतिवडा र सिवाकोटी अगाडि देखिनुभएको हो। पछिल्लो मतपरिणामअनुसार डिल्लीराम सुवेदीले १ हजार ७५९, देवेन्द्रराज कँडेलले १ हजार २९९, राजीव ढुंगानाले १ हजार १८२ र विकास कोइरालाले १ हजार ८८ मत प्राप्त गर्नुभएको छ।
यसैगरी, अमृतकुमार अर्यालले ९७९, रमेशप्रसाद धमलाले ७८१ र विमलराज क्षेत्रीले २७५ मत प्राप्त गर्नुभएको छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम घोषणा हुन भने बाँकी छ।

