आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

Published on

काठमाडौँ – दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएको छ। बुकिङ सुरु भएसँगै काठमाडौँको नयाँ बसपार्कमा टिकट लिन यात्रुहरूको भीड लागेको छ। यात्रुहरू आफ्नो गन्तव्यका लागि टिकट सुनिश्चित गर्न बिहानैदेखि लाइनमा बसेका छन्।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते विभागमा भएको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आजदेखि टिकट बिक्री सुरु गरिएको हो।

टिकट बुकिङ सहज बनाउन ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ वटा काउन्टर थप गरेको छ। दसैँमा काठमाडौँबाट घर फर्किने यात्रुको चाप बढ्ने भएकाले थप काउन्टर सञ्चालनमा ल्याइएको हो।

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...

बुढानीलकण्ठबाट २२ केजी सुन बरामद, केही व्यक्ति पक्राउ

काठमाडौँ - काठमाडौँको बुढानीलकण्ठस्थित चपलीबाट प्रहरीले २२ केजी सुन बरामद गरेको छ। प्रहरी उच्च...