कांग्रेस महाधिवेशन: सभापतिमा तीनसहित विभिन्न पदमा उम्मेदवारी, प्रारम्भिक सूची सार्वजनिक

Published on

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

सभापति पदमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको मात्रै उम्मेदवारी परेको छ।

खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन्। समावेशी उपसभापतिमा विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ।

महामन्त्री खुलातर्फ प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन्। महिला महामन्त्रीतर्फ डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार बनेका छन्।

सहमहामन्त्रीतर्फ पनि विभिन्न समावेशी क्लस्टरमा उम्मेदवारी परेको छ। महिला सहमहामन्त्रीमा नानुमैया बास्तोला र प्रतिमा गौतम, खुला सहमहामन्त्रीमा अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्रराज कण्डेल, दिनेश कोइराला, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुंगानाले उम्मेदवारी दिएका छन्।

आदिवासी जनजाति सहमहामन्त्रीतर्फ ओमबहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमानसिंह मास्के र बहादुरसिंह लामा तामाङ उम्मेदवार छन्। दलिततर्फ नरेन्द्र पासवान, प्रकाश रसाइली ‘स्नेही’, मानबहादुर नेपाली र लक्ष्मी परियारले उम्मेदवारी दिएका छन्।

मधेसी सहमहामन्त्रीमा अजयकुमार चौरसिया, अभिषेकप्रताप शाह, किरण यादव, नगिना यादव, मनिषकुमार मिश्र, महेन्द्र यादव, मुक्ता कुमारी यादव र रामपल्टन शाह उम्मेदवार बनेका छन्। खसआर्यतर्फ जगदिश्वर नरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतले उम्मेदवारी दिएका छन्।

थारू सहमहामन्त्रीतर्फ तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरी उम्मेदवार छन्। मुस्लिमतर्फ अतहर कमाल मुसलमान, अब्दुल सत्तार र डा. मो. फिरदौश आलमले उम्मेदवारी दिएका छन्। पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही, कर्णबहादुर बुढा, जनकराज गिरी, रामबहादुर बिष्ट, नारायणप्रसाद भट्टराई, मिनबहादुर भाम र राजन कुँवर उम्मेदवार छन्।

अल्पसंख्यक वा अपाङ्गता क्लस्टरतर्फ आङगेलु शेर्पा, नगेन्द्रकुमार कुमाल, बाबुकृष्ण सापकोटा र योगेश गौचन थकालीले उम्मेदवारी दिएका छन्।

निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा दाबी–विरोधका लागि समेत समय तोकिएको छ। त्यसपछि अन्तिम उम्मेदवार सूची सार्वजनिक हुनेछ।

यसैबीच कांग्रेसको संशोधित विधानअनुसार केन्द्रीय कार्यसमितिका विभिन्न पदमा प्रतिस्पर्धा हुन लागेको हो। पदाधिकारीतर्फ आवश्यक संख्याभन्दा बढी उम्मेदवारी परेका कारण अधिकांश पदमा निर्वाचन हुने देखिएको छ भने वरिष्ठ उपसभापति र महिला उपसभापतिमा भने एक–एक जनाको मात्रै उम्मेदवारी परेको छ।

सभापति
१. गगनकुमार थापा
२. किशोरसिंह राठौर
३. श्यामकृष्ण खड्गी

वरिष्ठ उपसभापति

१. विश्वप्रकाश शर्मा

उपसभापति महिला

१. पुष्पा भुसाल

उपसभापति खुला

१. डा. चन्द्रकान्त भण्डारी
२. देवराज चालिसे
३. सुरेन्द्रराज पाण्डे
४. मधु आचार्य
५. डा. मिनेन्द्र रिजाल
६. दीपक गिरी
७. धनराज गुरुङ
८. गोविन्द भट्टराई
९. डा. चन्द्रमोहन यादव

उपसभापति समावेशी

१. विनोद चौधरी
२. फरमुल्लाह मन्सुर
३. जीवन परियार
४. रञ्जित कर्ण
५. सीता गुरुङ

महामन्त्री खुला

१. प्रदीप पौडेल
२. गुरुराज घिमिरे
३. उदयशमशेर राणा
४. अमरसिंह पुन
५. नैनसिंह महर
६. शंकर तिवारी
७. डा. सुनील शर्मा
८. डा. सन्तोष उपाध्याय

महामन्त्री महिला

१. डिला संग्रौला
२. रिता खनाल
३. महालक्ष्मी उपाध्याय ‘डिना’

सहमहामन्त्री महिला

१. नानुमैया बास्तोला
२. प्रतिमा गौतम

सहमहामन्त्री खुला

१. अजयबाबु शिवाकोटी
२. अमृतकुमार अर्याल
३. देवेन्द्रराज कण्डेल
४. दिनेश कोइराला
५. डिल्लीराम सुवेदी
६. विकास कोइराला
७. विमलराज क्षेत्री
८. रमेशप्रसाद धमला
९. रामहरि खतिवडा
१०. राजीव ढुंगाना

सहमहामन्त्री आदिवासी जनजाति

१. ओमबहादुर घर्ती मगर
२. तारामान गुरुङ
३. दिलमान पाख्रिन
४. प्रशान्तमानसिंह मास्के
५. बहादुरसिंह लामा तामाङ

सहमहामन्त्री दलित

१. नरेन्द्र पासवान
२. प्रकाश रसाइली ‘स्नेही’
३. मानबहादुर नेपाली
४. लक्ष्मी परियार

सहमहामन्त्री मधेसी

१. अजयकुमार चौरसिया
२. अभिषेकप्रताप शाह
३. किरण यादव
४. नगिना यादव
५. मनिषकुमार मिश्र
६. महेन्द्र यादव
७. मुक्ता कुमारी यादव
८. रामपल्टन शाह

सहमहामन्त्री खसआर्य

१. जगदिश्वर नरसिंह केसी
२. मनोजमणि आचार्य
३. शुभराम बस्नेत

सहमहामन्त्री थारू

१. तेजुलाल चौधरी
२. योगेन्द्र चौधरी
३. सुरेन्द्रप्रसाद चौधरी

सहमहामन्त्री मुस्लिम

१. अतहर कमाल मुसलमान
२. अब्दुल सत्तार
३. डा. मो. फिरदौश आलम

सहमहामन्त्री पिछडिएको क्षेत्र

१. जीवनबहादुर शाही
२. कर्णबहादुर बुढा
३. जनकराज गिरी
४. रामबहादुर बिष्ट
५. नारायणप्रसाद भट्टराई
६. मिनबहादुर भाम
७. राजन कुँवर

सहमहामन्त्री अल्पसंख्यक वा अपाङ्गता

१. आङगेलु शेर्पा
२. नगेन्द्रकुमार कुमाल
३. बाबुकृष्ण सापकोटा
४. योगेश गौचन थकाली

spot_img

ताजा समाचार

भारतमा निर्वाचन आयोगविरुद्ध विपक्षीको प्रदर्शन, एसआइआरलाई लिएर विवाद चर्कियो

काठमाडौँ - भारतमा निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई लिएर राजनीतिक विवाद...

फ्रान्समा विद्यार्थी आन्दोलन देशव्यापी, २ लाख ६६ हजार सडकमा

काठमाडौँ - शिक्षा क्षेत्रमा बजेट वृद्धि, विद्यालयमा पर्याप्त स्रोतसाधन र कर्मचारी व्यवस्थालगायत माग राख्दै...

अरविन्द कुमार चौधरीलाई ‘गाँधी पीस इन्टरनेसनल मोटिभेसनल अवार्ड २०२६’ प्रदान

काठमाडौँ । सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका अरविन्द कुमार चौधरी ‘गाँधी पीस इन्टरनेसनल मोटिभेसनल...

दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले असोज २३ गतेदेखि सार्वजनिक...