आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौँ : गृहमन्त्री लेखक

Published on


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेश मार्फत केहि कानुन संशोसन गरेको बताउनुभएको छ ।
शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५ औँ वार्षिक साधारण सभालाई सम्बाधन गर्दै मन्त्री लेखकले सरकारले बढि मुल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“हिजो रात्री अबेरसम्म बसेर सरकारले महत्वपूर्ण निर्णयहरु गरेको छ ।” उहाँले भन्नुभयो–“ हामीले समृद्धि र आर्थिक विकासका लागि केहि महत्वपूर्ण कानुनहरुलाई संशोधन गरेका छौ ।” चाडोभन्दा चाडो कानुन संशोधनका लागि अध्यादेश मार्फत संशोधन गर्ने सरकारले निर्णय लिएको उहाँको भनाई थियो । “शासकीय सुधारसँग सम्बन्धीत कानुनहरु,उद्योग व्यवसाय सहज सञ्चालन हुने कानुनहरु र शुसासनलाई प्रत्याभुत गर्ने कानुनहरु छन ।” उहाँले भन्नुभयो–“थप पनि उद्योगहरुको वातावरण निमार्णका लागि सरकारले हमेसा निजि क्षेत्रसँग मिलेर काम गर्न तयार छ ।”

उहाँले मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासीय नेपालीका निमित्त्त महत्वपूर्ण निर्णय गरेको समेत बताउनुभयो । “आइटीको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेका छौ ।” उहाँले भन्नुभयो–“विदेशमा सेवा गरेर उद्योगलाई प्रोत्साहित हुने गरि कानुन निमार्णमा सरकार लागेको छ ।” कानुन बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेतता पूर्वक निर्णय गरेको उहाँले बताउनुभयो । “सात दिन भित्र निर्णय गर्ने निर्णय नभए कार्वाही हुने व्यवस्था गरेका छौ ।” लेखकले भन्नुभयो–“सात दिन भित्र हुने भए हुन्छ नहुने भए हुदैन भन्ने निर्णय गरिसक्नुपर्ने कानुन बनाएका छौ ।”

उहाँले सरकारले आर्थिक समृद्धिको बाटोमा देशलाई लैजान कानुन निमार्ण गरेर कार्यान्वयन गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “अब आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानूनी रुपमा भित्र्याउन सहज हुने कानुन निमार्ण गरेका छौ ।” उहाँले भन्नुभयो–“ढुक्क भएर तपाईहरु लगानी गर्नुहोस सुरक्षा दिने कुरामा सरकार प्रतिवद्ध छ ।” उहाँले सरकारले निजि क्षेत्रसँग सरकार्य गर्न सँधै तयार रहेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...