नेपालगन्ज प्रादेशिक महोत्सवमा झाँकीसहितको र्‍याली

Published on

काठमाडौँ । नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्सव २०८१ बिहीबारदेखि सञ्चालन हुन लागेको छ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो ३ बजे महोत्सवको उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ । महोत्सवको पूर्वसन्ध्यामा नेपालगन्ज उद्योग वाणिज्य संघ परिसर त्रिभुवन चोकबाट विभिन्न सांस्कृतिक भेषभूषासहितका झाँकीसहितको र्‍याली निकालिएको छ । र्‍याली त्रिभुवनचोक, विपीचोक, धम्बोझीचोक, पुष्पलाल चोकहुँदै कार्यक्रमस्थल कारकाँदोस्थल सडक डिभिजन परिसरसम्म पुग्नेछ ।

विहान ११ बजेदेखि सुरु गरिएको र्‍यालीमा गुरुङ, मगर, नेवार, शेर्पा, थारुलगायत विभिन्न जातजातिहरुले आआफ्ना पहिचान, संस्कृति, भेषभूषा झल्कने झाँकीसहित सहभागिता जनाएका छन् । विभिन्न जिल्लाबाट नेपालगन्ज आई बसोबास गरेका नागरिहरुले आफ्ना जिल्लाको पहिचान झल्किने गरी झाँकी प्रदर्शन गरेका छन् । र्‍यालीमा विभिन्न समुदाय, संघसंस्था तथा विद्यालयका विद्यार्थीलगायत सयौँ सर्वसाधारणको सहभागिता रहेको छ । महोत्सवमा करिब एक करोड रुपियाँको खर्च लागत हुने अनुमान गरिएको छ । महोत्सव अवधिभर ५० लाख रुपियाँ आम्दानी हुने अनुमान गरिएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टङ्क धामीले बताउनुभयो । उहाँका अनुसार करिब तीन लाख जनाले महोत्सवको अवलोकन गर्नेछन् ।

महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडिबुटी, कृषि, पर्यटन, अटो मोबाइल्सलगायत ३५० स्टल राखिएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ७० रुपियाँ र सर्वसाधारणका लागि १०० रुपियाँको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको गीत, नृत्य, लाइभ दोहोरी र हास्यब्यङ्ग्यसहितका मनोरञ्जनात्म कार्यक्रम पनि हुनेछ । आज पहिलो दिन निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...