प्राथमिकता निर्धारण गरेर वित्तीय क्षेत्रको समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

Published on

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्यालाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिनुभएको छ। उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आएता पनि त्यसको प्रभावकारिता बढाउन नियामक निकायका कार्यक्रम र समस्यालाई प्राथमिकीकरण गरी एकपछि अर्को काम गर्न जरुरी रहेको बताउनुभएको हो।

राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल बैङ्कर्स एशोसियसन, कम्पनी रजिष्ट्रारको कार्यालयका पदाधिकारी तथा प्रतिनिधिसहितको बैठकमा अर्थमन्त्रीले प्राथमिकता निर्धारण गरी काम गर्दा परिणाम निकाल्न सहज हुने बताउनुभयो। बैठकमा अर्थतन्त्र, बैङ्क, सहकारी, तरलता, कर्जा, बीमा, अनुदान, पूँजी बजार लगायतका विषयमा छलफल भएको थियो। बैठकमा अर्थतन्त्रका मुद्दामा थप छलफल गर्दै जाने, अर्थतन्त्रको एउटा क्षेत्रमा असर देखिँदा त्यसको अर्को क्षेत्रमा पनि प्रभाव पर्ने हुँदा एक अर्को निकायबिच समन्वय बढाउनेबारे छलफल भएको थियो।

spot_img

ताजा समाचार

मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै

काठमाडौं । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक आंशिक बन्दको समयमा मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो...

भालुको आक्रमणबाट दुई जना घाइते

काठमाडौं । जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज दुई जना गम्भीर घाइते...

आगजनी र तोडफोडमा संलग्न १५ जना पक्राउ

काठमाडौं । सिन्धुलीमा जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालयमा आगजनी र तोडफोड गर्ने १५ जनालाई...

पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताका लागि आंशिक बन्द हुने

काठमाडौं । नागढुङ्गा–मलेखु सडक खण्ड एक साताका लागि आंशिक बन्द हुने भएको छ । सडक...