पाँच लाखभन्दा बढी विस्थापित प्यालेस्टिनी उत्तरी गाजामा फर्किए

Published on

काठमाडौँ । हमासद्वारा सञ्चालित मिडिया कार्यालयले विगत ७२ घण्टामा पाँच लाखभन्दा बढी विस्थापित प्यालेस्टिनी उत्तरी गाजामा फर्किएको बताएका छन् । विगत ७२ घण्टामा दक्षिणी र मध्य प्रान्तहरूबाट अल–रशिद र सलाह अल–दिन सडक हुँदै गाजा र उत्तरी प्रान्तहरूमा पाँच लाखभन्दा बढी विस्थापित प्यालेस्टिनी फर्किएका मिडिया कार्यालयले जनाएको छ । १५ महिनादेखि चलिरहेको लडाईंमा विराम लागेपछि हमाससँग भएको युद्धविराम सम्झौतापछि इजरायलले सोमबार विस्थापित मानिसहरूलाई गाजा पट्टीको उत्तरमा फर्कन अनुमति दिन थालेको छ ।

हमासको सशस्त्र शाखा अल–कस्सम ब्रिगेड्सले बिहीबार तीन इजरायली बन्दीहरूलाई रिहा गरेको छ । इजरायलले बदलामा ११० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ । गाजाका स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूले विगत २४ घण्टामा ६३ शवहरू फेला पारेका छन् । जसमा भग्नावशेषबाट निकालिएका ५९, घाइते भएर मृत्यु भएका दुई र दुई नयाँ मृत्यु समावेश छन् । यसले अक्टोबर ७, २०२३ देखि हालसम्म मृत्यु हुनेको कुल सङ्ख्या ४७ हजार ४१७ पुगेको छ । जसमा एक लाख ११ हजार ५७१ जना घाइते भएका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...