कन्याहरुको सामूहिक बेल विवाह सम्पन्न

Published on

काठमाडौँ । हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा कन्याहरुको सामूहिक बेल विवाह सम्पन्न भएको छ । ईहि यज्ञ (सुवर्ण कुमार बेल विवाह) गुठीले हेटौँडामा २०२९ सालदेखि सुरु गरेको सामूहिक बेल विवाहलाई यो वर्षपनि निरन्तरता दिइएको हो । यस वर्ष आइतबार र सोमबार दुई दिन नेवार समुदायका कन्याहरुको सामूहिक रुपमा बेल विवाह गरिएको छ । दुई दिन गरी यस वर्ष ७२ कन्याको सामूहिक बेल विवाह गरिएको गुठीले जनाएको छ ।

नेवार समुदायमा बेल विवाह महत्वपूर्ण कर्मको रुपमा रहँदै आएको छ । रजश्वला हुनुअघि कन्याको बेल विवाह गर्ने परम्परा अनुसार नेवार समुदायकै पण्डित, पुरोहितबाट बेल विवाह कर्म गराइएको हो। गुठीका अग्रज सदस्य हरिशरण श्रेष्ठले मौलिक परम्परा अनुसार कर्म गर्न, गराउन अभिभावकको सहजताका लागि सामूहिक बेल विवाह गर्दै आएको भन्दै ५३ औं वर्षसम्म सबैको सहयोग र विश्वासका कारण बेल विवाह कर्म गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सामूहिक बेल विवाहमा अभिभावकहरुले मकवानपुर जिल्लासँगै जिल्ला बाहिरका कन्यालाई समेत सहभागी गराउँदै आएका छन् ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...